अफगानिस्तानमा भएका गैरन्यायिक हत्याप्रति संयुक्त राष्ट्रसंघद्वारा चासो व्यक्त « Khabarhub

अफगानिस्तानमा भएका गैरन्यायिक हत्याप्रति संयुक्त राष्ट्रसंघद्वारा चासो व्यक्त


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा– अफगानिस्तानमा तालिबानले अगस्तमा सत्ता लिएदेखि १०० भन्दा बढी गैरन्यायिक हत्यामा संलग्न रहेको आरोप लगाउँदै तालिवान समूहबाट भएका यस्ता गतिविधिप्रति संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ ।

अगस्त १५ पछि तालिबान शासकहरूले आम माफी घोषणा गरेपनि यस्ता हत्याका रिपोर्टहरू आउनु चिन्ताको बिषय भएको संयुक्त राष्ट्रसंघका उप अधिकार प्रमुख नाडा अल–नासिफले बताए।

उनले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्लाई भने, “अगस्त–नोभेम्बरसम्ममा हामीले पूर्व अफगान राष्ट्रिय सुरक्षा बल तथा पूर्व सरकारसँग सम्बन्धित १०० भन्दा बढी अन्य व्यक्तिहरूको हत्या भएका विश्वसनीय आरोपहरू प्राप्त गरेका छौँ ।’

यीमध्ये कम्तीमा ७२ हत्याहरू तालिबानले गर्दा भएको उनले बताए ।

“थुप्रै अवस्थामा मृत शरीरलाई सार्वजनिक रूपमा प्रदर्शन गरिनुले समस्या झनै जटील भएको देखिन्छ,” उनले भने।

संयुक्त राष्ट्र अधिकार प्रमुख मिशेल बासेलेको तर्फबाट परिषद्लाई मंगलबार गरेको अपडेटमा अल–नशिफले भने, “जिहादी इस्लामिक स्टेट–खोरासन समूहका धेरै सदस्यहरू अर्थात् तालिबानको मुख्य शत्रुविरूद्ध पनि त्यस्तै आरोप लागेको छ ।’ एएफपी

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १० : २० बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको