कार्यशैली सुधार गर्छु भनेकाले देउवालाई समर्थन गरेको हुँ : प्रकाशमान « Khabarhub

कार्यशैली सुधार गर्छु भनेकाले देउवालाई समर्थन गरेको हुँ : प्रकाशमान


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको जारी महाधिवेशनका क्रममा सभापतिका उम्मेदवार भएर पहिलो चरणको मतदानबाट बाहिरिएका नेता प्रकाशमान सिंहले सभापतिका उम्मेदपार शेरबहादुर देउवाले कार्यशैली परिवर्तन गर्छु भनेपछि समर्थन गरेको बताएका छन् ।

पहिलो चरणको मतदानबाट बाहिरिएका सिंहले दोस्रो चरणको मतदानमा देउवालाई समर्थन गरेपछि उनी र देउवाबीच कुनै सम्झौता भएको हुन सक्ने चर्चा भइरहेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने चर्चा चलिरहेका बेला नेता सिंहले त्यस्तो कुनै सम्झौता नगरेको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘थम चरणको निर्वाचनमा सबैले भन्दा बढि मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरुप उहाँलाई समर्थन गरेको हुँ । कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपील गर्दछु ।’

देउवाले नेपाली कांग्रेस विभाजन गरेर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाउँदा देउवासँगै लागेका सिंह पार्टी एकीकरणपछि देउवा समूह त्यागेर कोइराला समूहमा सक्रिय थिए । मंगलबार देउवालाई समर्थन गर्नुअघिसम्म उनले नेतृत्व परिवर्तनको मुद्दा उठाइरहेका थिए । तर, मंगलबार देउवालाई समर्थन गर्ने उनको निर्णयपछि देउवासँग उनले कुनै सम्झौता गरेको हुन सक्ने चर्चा भइरहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ८ : ४० बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई