विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या २० लाख नाघ्यो « Khabarhub

विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या २० लाख नाघ्यो


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा १५ हजार २८१ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २० लाख नाघेको हो ।

शुक्रबार बिहानसम्मको तथ्यांकानुसार २० लाख १ हजार २०९ संक्रमितको मृत्यु भएको छ । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१४ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा ७ लाख ४७ हजार ३१७ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ३५ लाख नाघेको हो ।

शुक्रबार बिहान यो समाचार तयार पर्दासम्म संक्रमित संख्या ९ करोड ३५ लाख ७ हजार ९४२ पुगेको छ । यसमध्ये ६ करोड ६७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको ७१ प्रतिशतभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ४०४ जना निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ६ करोड ९७ लाख ८७८ पुगेको छ ।

कुल संक्रमितको २६.४२ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात सक्रिय संक्रिमतको संख्या २ करोड ४७ लाख ८ हजार ८५५ छ । यसमध्ये १ लाख ११ हजार ७३१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । संक्रमणबाट विश्वमा सबैभन्दा धेरै असर परेको अमेरिकामा २ करोड ३८ लाखभन्दा बढी संक्रमित भएका छन् । ३ लाख ९७ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

यस्तै भारत, ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्की लगायतका मुलुक पनि संक्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन् ।

संक्रमण सुरू भएको एक वर्ष वित्दा विश्वका सबैजसो देशमा फैलिएको छ । कतै तेस्रो चरणको संक्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएको भन्दै त्रास फैलिएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ७ : २७ बजे

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

म्याग्दी– यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास(होमस्टे) सञ्चालन भएको

कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

काठमाडौं– काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र

पुटिन भारतमाः मोदीसँग रक्षा र व्यापार वार्ता हुने

नयाँदिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणका

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौं– ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ देशभर

एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार