शहरको डेरा, चोरीको सहारा « Khabarhub

शहरको डेरा, चोरीको सहारा



झापा– पहाडबाट तराई, अनि गाउँबाट शहरमा बसाई सर्ने अधिकांशको सपना हुन्छ । सके घरै बनाउने, नसके डेरा बस्ने ।

अझ युवा पुस्तामा त यो सपनाले धेरैलाई सताउने गरेको छ । त्यही सपना पूरा गर्नुको चुनौति भने सानोतिनो हुँदैन भन्ने देखाएको छ, झापामा भएको चोरी घट्नाले ।

मेची पहाडी जिल्लामा बसोबास गर्नेहरुका लागि झापाको विर्तामोड तथा दमक ठूला र झिलिमिलि शहर हुन् । यहि शहरमा बसाई सरेर आफ्नै घर बसाउने धेरैको महत्वकांक्षा हुन्छ । तर त्यहि महत्वकांक्षा र रहर पूरा नहुँदा डेरा बस्न थालेका युवाहरु महत्वकांक्षा पूरा गर्नकै लागि अपराधको सहारा लिनु परेको पाईएको हो ।

‘अपरेशन हन्ट’मा भेटिए चोरीमा संलग्न
झापाको विर्तामोड तथा असपासमा मोटरसाईकल चोरीका घट्ना बढे पछि प्रहरीले विसेश अप्रेशननै सञ्चालन गर्‍यो । यसलाई प्रहरीले ‘अपरेशन हन्ट’ नाम दिएको थियो ।

‘अप्रेशन हन्टिङ्’का युवाहरुको एउटा समुहनै यसमा संलग्न भएको पाईयो । संलग्न उनीहरु मेची पहाडका विभिन्न ठाउँबाट विर्तामोड आएर डेरा गरि बसेका थिए ।

प्रहरीले १५ ओटा चोरीका मोटरसाईकलसहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–२ का क्षितिज भनिने रोशन तामाङ, सोही ठाउँका २० वर्षीय रोशन बुढाथोकी, माई नगरपालिका ६ का २० वर्षीय रोशन गिरी, सोही ठाउँका ३० वर्षीय राजेश गिरी र सोही ठाउँका मनिष गिरी छन् ।

त्यस्तै, पाँचथरको फाल्गुनन्द गाउपालिका ३ का २१ वर्षीय पासाङ तामाङ र ताप्लेजुङ सिदिङवा ४ का २२ वर्षीय सन्दीप लिम्बू रहेको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका सात जनानै बिर्तामोडमा डेरा लिएर मोटरसाइकल चारी गर्दै आएका थिए ।

सञ्जाल तोडेको दावी
एकै पटक ठुलो संख्यामा चोरी भएका मोटरसाईकल र त्यसमा संलग्नलाई पक्राउ गरेको प्रहरीले भने मोटरसाईकल चोरीको सञ्जालनै तोडेको दावी गरेको छ ।

बिर्तामोडमा डेरा गरेर मोटरसाइकल चारीमा संलग्नको गिरोहलाई इलाका प्रहरी कार्यालय अनारमीले पक्राउ गरेसँगै प्रहरीको यो दावी आएको हो ।

एक हप्तासम्म प्रहरी निरीक्षक हरि बरालको नेतृत्वमा ‘अपरेशन हन्ट’ चलाएर प्रहरीले मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

बरामद गरिएका मध्ये ४ ओटा स्कुटर रहेका छन् भने बाँकी मोटरसाईकल रहेका छन् । बरामद गरिएका मोटरसाईकल तथा स्कुटर धनी पत्ता लगाउने कार्य पनि जारी रहेको प्रहरीले जनाएको छ ।

चोरीको पेशेवर शैली
मोटरसाईकल चोरीको यो गिरोहलाई प्रहरीले ‘पेशेवर’ को संज्ञा दिएको छ । उनीहरुले निक्कै चलाखी र सावधानी पूर्वक चोर्ने गरेकाले पनि उनीहरु पेशेवर देखिएको प्रहरी नायव उपरीक्षक रिजाल बताउँछन् ।

उनको भनाइमा चोरीमा संलग्न समुहका सदस्यहरुले सुरुमा मोटरसाईकल पहिचान गर्ने, अर्काले रेकी गर्ने, अर्काले रोकी राखेको ठाउँबाट निकाल्ने र अन्य त्यसको सुरक्षित बन्दोबस्तिमा संलग्न हुने गरेको पाईयो ।

उनले भने–‘यिनीहरुको शैली हेर्दा त रोकी राखेको मोटरसाईकल मिनेट भित्रमा पनि चोरी गर्ने गरेको पाईयो, यो पेशवर नभई सम्भव छैन ।’

चोरीका मोटरसाईकल प्रहरी तथा चेकजाँदको कम पहुँच भएका पहाडी तथा ग्रामिण भेगमा लगेर बेच्ने गरेको प्रहरीको अनुमान छ । चोरी भएका मोटरसाईकल मध्ये धेरैजसो पल्सर छन् ।

यस्ता मोटरसाईकल ग्रामिण र पहाडी भेगमा पनि चल्ने र सस्तो खोज्नेले यस्तै रोज्ने गरेकाले समेत चोरी गर्नेको नजर पनि यसमा परेको हुन सक्ने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ९ : ५९ बजे

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा

अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनुपम प्रकृति

कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु

सिरहा – १४ वर्षदेखि अधुरो निर्माणाधीन हुलाकी सडकअन्तर्गत सिरहा र

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ

काठमाडौं – उर्जामन्त्री कुलमान घिसिङ सरकारले काठमाडौँ उपत्यकाभित्र रहेका नदी