काठमाडौँमा राजनीतिका साँढेको जुधाइले नुवाकोटको गोरु जुधाइ खास्सै राम्रो भएन रे – धनराज गुरुङ « Khabarhub

काठमाडौँमा राजनीतिका साँढेको जुधाइले नुवाकोटको गोरु जुधाइ खास्सै राम्रो भएन रे – धनराज गुरुङ


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाली राजनीतिमा दिनहुँ राजनीतिका साँढेहरु जुधिरहेकाले यस वर्षको गोरु जुधाइ खास्सै मनोरञ्जनात्मक नभएको टिप्पणी गरेका छन् ।

आज बिहान ट्वीट गर्दै नेता गुरुङले त्यस्तो टिप्पणी गरेका हुन् । उनले भने, “यसपालि नुवाकोटको गोरु जुधाई कार्यक्रम खास्सै मनोरञ्जनात्मक भएन रे ।”

यता काठमाडौंमा दिनदिनै राजनीतिका साँढेहरुको जुधाइ भइरहेकाले नुवाकोटको गोरु जुधाइ खल्लो भएको भन्दै व्यंग्य गरेका छन् ।

उनले भनेका छन्, “सायद यता काठमाण्डौंमा दिनदिनै राजनीतिका साँढेहरुको जुधाई भइरहेकाले नुवाकोटको गोरु जुधाई खल्लो भएको होला ।”

प्रत्येक वर्षको माघ १ गते नुवाकोटको तारुका लगायतका ठाउँहरुमा गोरु जुधाइने गरिन्छ । बिहीबार (माघ १ गते) नुवाकोटको तारेश्वर गाउँपालिका ३ स्थित तारुका लगायतका ठाउँहरुमा गोरु जुधाइएको थियो ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १२ : २६ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम