नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक जारी « Khabarhub

नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक जारी


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक सुरू भएको छ । बैठक अहिले काठमाडौँ कोटेश्वरको पेरिसडाँडामा जारी छ ।

बिहीबारबाट सुरू भएको स्थायी कमिटी बैठकमा ‘संगठन र संघर्ष’ छलफलको एजेण्डा तय गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको यो समूहले प्रदर्शनलाई सशक्त बनाउनेबारे छलफल भइरहेको छ ।

संसद् पुनर्स्थापनाका लागि संयुक्त प्रदर्शनको प्रयास गरेपनि सम्भव हुन सकेको छैन । विपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले यो समूहसँग संयुक्त प्रदर्शन गर्न मानिरहेका छैनन् । त्यस विषयमा पनि यो स्थायी कमिटी बैठकमा छलफल गर्ने कार्यसूची छ ।

यसबाहेक पार्टी विभाजन पछि नेताहरुको कार्यविभाजन टुंग्याउन पनि यो बैठकमा छलफल हुँदैछ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १२ : ३८ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक