त्रिभुवन विमानस्थलमा दुई रहस्यमयी हेलिकप्टर « Khabarhub

त्रिभुवन विमानस्थलमा दुई रहस्यमयी हेलिकप्टर


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विमानस्थलमा अहिले दुई हेलिकप्टरको चर्चा हुन थालेको छ । जुन हेलिकप्टर कीर्गिस्तानबाट एक साताअघि यहाँ आएका थिए ।

ट्रान्जिट पार्किङका रुपमा अन्तर्राष्ट्रिय विमानस्थलमा आएको यी दुई हेलिकप्टरका चालक दल नै अहिले गायब भएपछि चर्चा अझै चुलिएको हो ।

कुन प्रयोजनका लागि दुई हेलिकप्टर नेपाल आए र त्यसका चालक दल किन गायब भए भन्ने खुलेको छैन् ।

यता कीर्गिस्तानको उड्डयन प्राधिकरणले भने चालक दलका सदस्य नभएको भन्दै थप दुई साता हेलिकप्टर नेपालमै राख्न प्रस्ताव गरेको छ। हेलिकप्टरलाई आगामी जनवरी २९ तारिखसम्म पार्किङमा राख्ने अवधि बढाइदिन कीर्गिस्तानको उड्डयन प्राधिकरणले आग्रह गरेको एक अधिकारीले जानकारी दिए ।

चालक दललाई आउन पत्राचार गरे पनि आउन आनकानी गरिरहेको ती अधिकारीले बताए। विमानस्थल स्रोतका अनुसार दुबै हेलिकोप्टर ल्याउने क्याप्टेन ख्रामुसिन एण्ड्रे र क्याप्टेन अबदुल्लेइभ एमिल्टी इन्डोनेसिया पुगिसकेका छन्।

३० वर्ष पूरानो हेलिकोप्टर कीर्गिस्तानको ‘हेलि स्काइ’ कम्पनीले इन्डोनेशियामा उडान गर्दै आएका थिए। दुवै हेलिकोप्टर अघिल्लो शनिबार बंगलादेश हुँदै नेपाल ल्याइएको थियो। यी दुवै हेलिकोप्टरलाई प्राधिकरणको इजाजत अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक परिसरमा राखिएको छ।

दुवै हेलिकोप्टर फायर फाइटिङ बिल्डिङ छेउमा राखिएको छ। नेपाली आकाशका लागि नौलो रहेका हेलिकोप्टर अथवा हवाई जहाज डोमेस्टिक पार्किङमा राखिने बताइएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १ : ०५ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक