महिला लिगको उद्घाटन खेल दशरथ रंगशालामा हुने, विजेताले १५ लाख पाउने « Khabarhub

महिला लिगको उद्घाटन खेल दशरथ रंगशालामा हुने, विजेताले १५ लाख पाउने


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय महिला लिग माघ ७ गतेदेखि सुरू हुने भएको छ। शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग सुरू हुने जानकारी दिएको हो।

७ टिमले प्रतिस्पर्धा गर्ने महिला लिगको उद्घाटन र समापन खेल दशरथ रंगशालामा हुनेछ भने लिगका अरु खेल भने एन्फा मैदान सातदोबाटोमा हुनेछन्।

चन्द्रागिरि नगरपालिका, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, विराटनगर महानगरपालिका, वालिन नगरपालिका, चन्द्रपुल नगरपालिका र नेपाल पुलिस क्लबले लिग खेल्नेछन् ।

लिगको विजेताले १५ लाख पाउनेछ भने दोस्रो हुने टिमले ८ लाख, तेस्रो हुनेले ५ लाख र चौथो हुने टिमले ३ लाख पाउनेछ।

लिग खेल्ने हरेक टिमले २३ खेलाडी र ७ अफिसियल गरि ३० जनाको टिम हुनेछ। हरेक टिममा ४ जना विदेशी खेलाडी हुनेछन्।

लिगको उत्कृष्ट खेलाडीले स्कुटर पाउनेछन् भने उत्कृष्ट स्टाइकर, मिडफिल्डर, डिफेज्डर, गोलकिपर र प्रशिक्षकले ५० हजार पुरस्कार पाउनेछन्। यस्तै फेयरप्ले टिमले १ लाख ५० हजार पाउनेछ।

लिगमा सहभागी सातवटै टिमले तयारीका लागि १/१ लाख पाउनेछन् भने कोभिड रिलिफ फन्डबाट ५० हजार पाउनेछन्।

लिगका दौरान कुनै खेलाडी वा अफिसियललाई कोरोना भाइरस देखिए आइसोलेसनको व्यवस्थापन एन्फाले गर्ने बताइएको छ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  २ : ४५ बजे

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

बाँके– जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह र