महिला लिगको उद्घाटन खेल दशरथ रंगशालामा हुने, विजेताले १५ लाख पाउने | Khabarhub Khabarhub

महिला लिगको उद्घाटन खेल दशरथ रंगशालामा हुने, विजेताले १५ लाख पाउने


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय महिला लिग माघ ७ गतेदेखि सुरू हुने भएको छ। शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग सुरू हुने जानकारी दिएको हो।

७ टिमले प्रतिस्पर्धा गर्ने महिला लिगको उद्घाटन र समापन खेल दशरथ रंगशालामा हुनेछ भने लिगका अरु खेल भने एन्फा मैदान सातदोबाटोमा हुनेछन्।

चन्द्रागिरि नगरपालिका, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, विराटनगर महानगरपालिका, वालिन नगरपालिका, चन्द्रपुल नगरपालिका र नेपाल पुलिस क्लबले लिग खेल्नेछन् ।

लिगको विजेताले १५ लाख पाउनेछ भने दोस्रो हुने टिमले ८ लाख, तेस्रो हुनेले ५ लाख र चौथो हुने टिमले ३ लाख पाउनेछ।

लिग खेल्ने हरेक टिमले २३ खेलाडी र ७ अफिसियल गरि ३० जनाको टिम हुनेछ। हरेक टिममा ४ जना विदेशी खेलाडी हुनेछन्।

लिगको उत्कृष्ट खेलाडीले स्कुटर पाउनेछन् भने उत्कृष्ट स्टाइकर, मिडफिल्डर, डिफेज्डर, गोलकिपर र प्रशिक्षकले ५० हजार पुरस्कार पाउनेछन्। यस्तै फेयरप्ले टिमले १ लाख ५० हजार पाउनेछ।

लिगमा सहभागी सातवटै टिमले तयारीका लागि १/१ लाख पाउनेछन् भने कोभिड रिलिफ फन्डबाट ५० हजार पाउनेछन्।

लिगका दौरान कुनै खेलाडी वा अफिसियललाई कोरोना भाइरस देखिए आइसोलेसनको व्यवस्थापन एन्फाले गर्ने बताइएको छ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  २ : ४५ बजे

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ