नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सुरू « Khabarhub

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सुरू


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नयाँ दिल्लीको हैदरावाद हाउसमा सुरू भएको छ ।

तीन दिनसम्म चल्ने उक्त बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, पारवहन, कोभिड उन्नाइस सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि हैदरावाद हाउसमै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्ताका क्रममा उनीहरुबीच समसायिक राजनीतिक विषयवस्तुको बारेमा छलफल भएको एसियन न्यूज इन्टरनेसनलले जनाएको छ ।

तर, यता भारतले भने सीमासम्बन्धी विषयमा छलफल नगर्ने संकेत गरेको छ । मन्त्री ज्ञवाली भारत पुग्नुभन्दा अगाडि भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका थिए, ‘सीमा विवादको बारेमा हाम्रो पोजिसन स्पष्ट छ । जेसीएम (संयुक्त आयोग) र बाउन्ड्री वार्ता दुई पृथक संयन्त्र हुन् ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  २ : २९ बजे

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य