भूकम्पबाट बच्न र बचाउन दृढ संकल्प आवश्यक : गृहमन्त्री थापा « Khabarhub

भूकम्पबाट बच्न र बचाउन दृढ संकल्प आवश्यक : गृहमन्त्री थापा


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउन सक्ने भूकम्पबाट बच्न र बचाउन सबैमा दृढ सङ्कल्प आवश्यक रहेको बताएका छन ।

‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित ऐतिहासिक एवं धार्मिकस्थल कुमारी मन्दिर परिसरमा आज आयोजना गरेको २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको उद्घाटन गर्दैै उनले भूकम्पबाट आफ्नो सुरक्षा आफैले गर्ने भएकाले दृढ सङ्कल्प आवश्यक रहेको बताएका हुन ।

“हरेक वर्ष नयाँ संकल्प गर्दै आएका छौँ, भूकम्प विरुद्ध दृढ सङ्कल्पसहित उभिने छौँ, सचेत रहने छौँ भन्ने सङ्कल्प यसवर्ष पनि गर्‍यौँ”, उनले भने, “भूकम्पको सामना गर्न सचेतना, जागरण फैलाउँदै जागरुक भएर ज्ञान हासिल गर्न सक्यौँ भने यसको जोखिमबाट आफूलाई रक्षा गर्न सक्छौँ ।”

भविष्यमा आउन सक्ने भूकम्पबाट बच्न र बचाउन चुनौतीको सामना गर्दै परस्पर समन्वय, सहकार्य तथा सहयोग आवश्यक रहेको छ भन्दै उनले आगामी दिनमा आउन सक्ने विपत्तिको सामना गर्न पूर्वतयारी आवश्यक रहेको औँल्याए ।

गृहमन्त्री थापाले भन्नुभयो, “विपत्तिबाट बच्न र बचाउने उद्देश्यले राज्यले माथिदेखि तलसम्म विभिन्न संरचना निर्माण गरेको छ, विभिन्न सङ्घसंस्था गठन गरेको छ, लाखौँको सङ्ख्यामा स्वयंसेवक गठन गर्दैछ, यिनीहरुको बीच पनि समन्वय, सहकार्य र सहयोग गरे मात्रै जोखिम न्यूनिकरण गर्न सक्छौँ ।”

उनले सरकारले आवश्यक संरचना, नीति, ऐन, योजना बनाउँदै आएको छ भन्दै यस प्रकारको दिवसले पनि आमनागरिकमा यसबाट बच्न आउँदो पिँढीसमेतलाई सचेतना प्रदान गर्ने बताउनुभयो । त्यसअवसरमा गृहमन्त्री थापाले भूकम्प सुरक्षा डिजिटल प्रर्दशनीको उद्घाटनसमेत गरे ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशिल ज्ञवालिले ०७२ सालको भूकम्पमा भएको क्षतिमध्ये ९१ प्रतिशत जनताले निजी आवासको पुनःनिर्माण सम्पन्न गरेको बताउदै सरकारले तीन लाख अरु लगानी जनता आफँैले गरेको बताए ।

उनले सात हजार ५५३ विद्यालय पुनःनिर्माण हुनुपर्नेमा करिब छ हजार सम्पन्न भएको, करिब ९२० सम्पदा पुनःनिर्माण गर्नुपर्नेमा ६१ प्रतिशत सम्पन्न भएको भन्दै अहिले बनेका करिब आठ लाख घर सु्रक्षित घर बनेको बताए ।

ज्ञवालीले जनताले अहिले भूकम्पबाट कसरी सुरक्षित रहने भन्ने जानेको, एक लाख तालिम प्राप्त निर्माणकर्मी उत्पादन भएको, सात हजार तालिम प्राप्त इन्जिनियर तयार भएको बताउदै क्षतिसँगै भूकम्पले धेरै पाठ सिकाएको भनाइ राखे ।

त्यसअवसरमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठ, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीलगायतले भूकम्पको जोखिम र सुरक्षाको अवस्थाकाबारेमा चर्चा गरेका थिए ।

कार्यक्रमका सभापति एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भूकम्पको जोखिमबाट बच्ने र बचाउने सन्दर्भमा स्थानीय निकायले पनि सचेतना अभिवृद्धि गर्नु आवश्यक रहेको औँल्याए ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ६ : ४८ बजे

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त

सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

काठमाडौँ– सरकारले अबदेखि राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक (अर्धमासिक) रुपमा तलबभत्ता उपलब्ध

भुइँमान्छेमाथि निर्मम बन्दै सरकार : गरिबको चमेली बोल्दिने कोही छैन !

काठमाडौं- सरकार सुकुम्बासी, सडक अतिक्रमण हटाउने र व्यवस्थित गराउने अभियानमा