प्रधानमन्त्री कप क्रिकेट : आर्मीको विजयी शुरुवात « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : आर्मीको विजयी शुरुवात


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९७ रनले पराजित गरेको हो ।

आर्मीले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले मात्रै ४८ ओभरमा १ सय ९० रन बनाउन सक्यो ।

गण्डकीका लागि समीर कडेलले अर्धशतक प्रहमर गरे । उनले ९० बलमा ५ चौकाको मद्दतले ५० रन प्रहार गरेका हुन्। यस्तै गण्डकीका लागि अर्जुन कुमालले ३६ रन बनाए भने दिपक दुम्रेले २६ रन, विपिन खत्रीले ३९ रन बनाए।

गण्डकीलाई कम योगफलमा रोक्न राजेश पुलामि मगर र भिम सार्कीले उत्कृष्ट बलिङ गरे। जसमा राजेशले ४ विकेट लिए भने भिमले ३ विकेट लिए। यस्तै, आकाश चन्द र रोहित कुमार पौडेलले समान १/१ विकेट लिए।

यसअघि पहिलो ब्याटिङ गरेको आर्मीका लागि कप्तान विनोद भण्डारीले शतकिय इनिङ्स खेलेका थिए।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान (टियू) मा खुलेका कप्तान भण्डारीले अविजित रहँदै ७६ बलको मद्दतमा ५ छक्का र ९ चौका प्रहार गर्दै १सय११ रन बनाएका थिए।

उनको उक्त शतकिय इनिङ्सको मद्दतले आर्मीले गण्डकीलाई २सय ८८ को विशाल लक्ष्य प्रस्तुत गरेको थियो।
आर्मीका लोकेश बमले ४२ रन बनाएका थिए।

यस्तै आर्मीका राजु रिजालले ४५ रन बनाएका थिए भने राजेश पुलामि मगरले ३८ रन, भिम सार्कीले १५, हरिकृष्ण झाले १४ रन बनाएका थिए।

आर्मीविरुद्ध विपिन खत्री र विशाल पौडेलले समान २/२ विकेट लिए भने दिपेश खत्री र चन्द्रकान्त पौडेलले १/१ विकेट लिएका थिए । प्रतियोगिताको उद्घाटन आज बिहान युवा तथा खेलकुद मन्त्री दाबा लामा तामाङले बलिङ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवालले ब्याटिङ गर्दै गरेका थिए।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ७ : ५४ बजे

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा

प्रशासनमा कहिले आउला डिजिटल युग ?

युग डिजिटलमय छ । समाजका तीनवटै पुस्ता डिजिटल बन्दै गएका

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास