काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू-भागमा हल्का वर्षाको सम्भावना | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू-भागमा हल्का वर्षाको सम्भावना


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले आज दिउँसो काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा फाट्टफुट्ट वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि हुन सक्ने भएकाले आज देशभरको तापक्रममा गिरावट आउन सक्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

आज बिहान ५: ४५ को मापनमा काठमाडौँको तापक्रम ८ डिग्री सेल्सियस छ ।

महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा बुधबार रातिसम्म ठाउँठाउँमा हिमपातको पूर्वानुमान गरिएको छ ।

आगामी २४ घण्टा उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फाल्गुन ०३ गते (सोमबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । आज देशभर तापक्रममा हल्का गिरावट आउन सक्नेछ ।

राति : प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भू-भागका धरैजसो स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

फाल्गुन ०४ गते (मंगलबार)

दिउँसो :  प्रदेश नं १ लगायत देशका अन्य पहाडी तथा हिमाली भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुका आंशिक बदलीको सम्भावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति : प्रदेश नं १ र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ भने बाँकी अन्य प्रदेशहरुमा आंशिक बदली रहनेछ ।

फाल्गुन ०५ गते (बुधबार)

दिउँसो :  प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

राति : देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ८ : ०१ बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि