जनताको मत लिन जानु कसरी अलोकतान्त्रिक र प्रतिगमन हुन्छ ? – प्रधानमन्त्री (लाइभ भिडियो) « Khabarhub

जनताको मत लिन जानु कसरी अलोकतान्त्रिक र प्रतिगमन हुन्छ ? – प्रधानमन्त्री (लाइभ भिडियो)


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जान आफूले चालेको कदम लोकतान्त्रिक भएको दाबी गरेका छन् ।

सिंहदरबारमा सरकारको तीन वर्ष पूरा भएको अवसरमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै प्रधानमन्त्रीले भने, ‘जनताले दिएको मत अनुसार मैले सरकारको नेतृत्व गरिरहेको छु । जनताका आकांक्षा अनुसार काम गर्न केही शक्तिले मलाई काम गर्न दिएनन् । त्यसैले मैले पुनः जनताको मत लिन चाहेको हो । जनताको मत लिन जानु कसरी अलोकतान्त्रिक भयो ? कसरी प्रतिगमन भयो ?’

उनले आफूले चालेको कदम जनादेशको अपमान नभई जनादेशको सम्मान रहेको बताए । उनले भने, ‘निर्वाचनमा पराजित हुने र उही व्यक्ति झ्यालबाट जस्केलाबाट छिरेर प्रधानमन्त्री बन्ने परिपाटी बन्यो । विगतका ती कुराहरुलाई सम्झेर नै ती अस्वस्थ क्रियाकलाप नहुन भन्नका लागि मैले यो कदम चाल्नु परेको हो ।’

https://www.facebook.com/khabarhubofficial/videos/216540413540289

प्रधानमन्त्री ओलीले संसदीय समितिहरुमा विभिन्न विधेयक अल्झाइएको र प्रतिनिधिसभामा विधेयकहरुमाथि छलफल नै नचलाइएका कारण आफूले प्रतिनिधिसभा विघटन गर्नुपरेको स्पष्ट पारे ।

उनले प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुअघि ६४ प्रतिशत सांसदको समर्थन प्राप्त प्रधानमन्त्री भएको नाताले आफूले वैकल्पिक सरकार गठनको सम्भावना नदेखि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए ।

उनले आफूविरुद्ध संसदीय दलमा वा संसदीय दलको उपनेतासमक्ष समेत कुनै उजुरी नभएको दावी गरे । केही व्यक्तिको साँठगाँठबाट राष्ट्रिय राजनीति प्रदुषित हुने बाटोतिर जान नदिन आफूले पछिल्लो कदम चालेको प्रधानमन्त्री ओलीले प्रस्ट पारे ।

उनले भने, ‘सुर”देखि नै सरकार सञ्चालनमा केही अप्ठ्यारा थिए, काममा व्यवधान खडा गरिएको थियो । पछिल्ला एक वर्षदेखि झण्डै दुई तिहाई सांसदको समर्थन प्राप्त सरकारले विभिन्न दलीय गठबन्धनको सरकारको जस्तो नियति व्यहोर्नु पर्‍यो ।’

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ११ : ५० बजे

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही