मुलुकको आर्थिक समृद्धिका लागि युवा वर्ग अग्रसर हुनैपर्छ : अध्यक्ष लोहनी  « Khabarhub

मुलुकको आर्थिक समृद्धिका लागि युवा वर्ग अग्रसर हुनैपर्छ : अध्यक्ष लोहनी 


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आर्थिक उन्नति र सकारात्मक परिवर्तनको दिशामा देशलाई उन्मुख गराउन युवा विद्यार्थी अग्रसर हुनु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताएका छन् ।

‘पछिल्लो परिवर्तनपछि राजनीतिक मुद्दा सकियो, देश अब आर्थिक प्रगतिमा अघि बढ्छ भन्ने उद्घोष गरिएको थियो तर ती सब मिथ्या साबित भएका छन्,’ राप्रपा अध्यक्ष लोहनीले  भने,’त्यसैले आर्थिक समृद्धि प्राप्त गर्न, रोजगारी सिर्जना गर्न, स्थायित्व हासिल गर्न युवा विद्यार्थीहरु सक्रिय हुनु परेको छ । सकारात्मक परिवर्तनको पक्षमा शिक्षित तरुणहरु उभिन जरुरी भएको छ ।’

अमेरिकामा काला र गोरा जातिबीचको भेद अन्त्य गर्न होस् वा डोनाल्ड ट्रम्पले प्रजातन्त्र मास्न लाग्दा विरोध गर्ने सन्दर्भ होस् विश्वविद्यालयहरुबाट शिक्षित वर्ग जुर्मुराएका थिए । त्यसैगरी नेपालमा पनि देश बनाउने, भविष्य बनाउने जिम्मेवारी शिक्षित युवाहरुमा आइलागेको लोहनीले भने ।

अध्यक्ष लोहनीले युवा पुस्ताकै बलमा राजसंस्था र हिन्दुराष्ट्रको पहिचान कायम गर्ने दाबी गरे । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) द्वारा आयोजित उपत्यकास्तरीय बृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो विचार प्रस्तुत गरेका हुन् ।

राप्रपाका वरीष्ठ नेता दिपक बोहराले एक ढिक्का भएर देशलाई अधोगतिबाट जोगाउनु पर्ने जिम्मेवारी आइलागेको बताए । नेता जगत गौचनले विदेशी डिजाइन अुनरुपको बाह्र बुँदेको मार्गचित्र सच्याउनु पर्ने, आवश्यक परे नयाँ क्रान्ति गरेर राजसंस्था, सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्ने बताए ।

नेता श्याम तिमल्सिनाले राप्रपा प्रजातन्त्रमा अभ्यस्त पार्टी भएकोले कार्यकर्ता व्यक्तिको नभएर संगठन र सिद्धान्तको पक्षपाती रहने बताए । झुण्डको बलमा पार्टीलाई अब पनि कसैले बन्दी बनाउने कुचेष्टा गरे, त्यस्ता प्रवृति समाप्त हुने बताए । हिंसा, बलात्कारका घटनातर्फ इंगित गर्दै किशोरीहरु असुरक्षित रहनु चिन्ताको विषय भएको नेता राजाराम श्रेष्ठले बताए ।

कम्युनिष्ट र कांग्रेसले शैक्षिक क्षेत्र तहसनहस बनाएको राप्रविसं (संयुक्त) का अध्यक्ष धनशुर शाहीले आरोप लगाए । स्ववियु निर्वाचन हुन नसकेको, अव्यवहारिक सेमेष्टर प्रणाली लागू गरिएको भन्दै उनले आपत्ति जनाए ।

‘स्ववियु निर्वाचन गर्न नसक्ने सरकारले आम निर्वाचन सम्पन्न गर्छ भनेर कसरी विश्वास गर्ने,’ शाहीले प्रश्न गरे ।

राप्रविसं (संयुक्त) का उपाध्यक्ष नवीन लामिछाने र कोषाध्यक्ष मदन शाहीले विद्यार्थीको हकहित र राष्ट्रियता जगेर्ना गर्न कुनै कसर बाँकि नराख्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ६ : ०४ बजे

गगनलाई वीरबहादुरको चुनौती : हिम्मत भए पूर्णबहादुरलाई कारबाही गरेर देखाऊ

काठमाडौं- नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले निवर्तमान

घरबाटै ‘नो अब्जेक्सन’ लेटर लिन सकिने

काठमाडौं– वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीलाई निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

काठमाडौं- एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि विशेष

दक्षिण लेबनानमा आवागमन पुनः सुरु

बेरुत- इजरायली आक्रमणले तहसनहस बनाएको दक्षिण लेबनानमा युद्धविरामसँगै पुनःस्थापनाको काम

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य : सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रताको