ट्रम्पलाई ट्वीटरमा सधैंका लागि प्रतिबन्ध « Khabarhub

ट्रम्पलाई ट्वीटरमा सधैंका लागि प्रतिबन्ध


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता ट्वीटरले सधैका लागि प्रतिबन्ध गरिदिएको छ ।

ट्वीटरका प्रमुख वित्तीय अधिकारीले पूर्वराष्ट्रपति ट्रम्पले अब कहिल्यै पनि ट्वीटर प्रतिबन्ध फकुवा नगर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अघिल्लो महिना ह्वाइटहाउसमा ट्रम्प समर्थकलाई हिंसा भड्काउन उत्तेजित बनाएको भन्दै ट्वीटरले उनको ट्वीटर खाता प्रतिबन्ध गरेको थियो ।

हालै भएको अमेरिकी राष्ट्रपति चुनावमा हार बेहोरेपछि ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत हिंसालाई प्रोत्साहित गर्ने ट्वीट गरेको आरोप लागेको थियो । उनले चुनावमा धाँधली भएको दाबी गर्दै आएका छन् ।

अघिल्लो महिनामा ह्वाइटहाउसबाट बर्हिगर्मन हुनुअघि अमेरिकी संसद भवनमा ट्रम्प समर्थकले हिंसा मच्चाएका थिए । यही विषयलाई लिएर ट्रम्पमाथि महाअभियोग लगाइएको छ ।

अमेरिकी माथिल्लो सदन कांग्रेसमा ट्रम्पमाथि महाअभियोगको प्रक्रिया चलिरहेका बेला ट्वीटरका अधिकारीले प्रतिबन्ध कहिल्यै फुकुवा नहुने बताएका हुन् ।

उनले भनेका छन्, ‘हाम्रो नीति भनेको जब तपाईं यो प्लेटफर्मबाट हटाइन्छ, तपाईं सधैँका लागि हटाइन्छ ।’

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ६ : १८ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण