ट्रम्पलाई ट्वीटरमा सधैंका लागि प्रतिबन्ध « Khabarhub

ट्रम्पलाई ट्वीटरमा सधैंका लागि प्रतिबन्ध


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता ट्वीटरले सधैका लागि प्रतिबन्ध गरिदिएको छ ।

ट्वीटरका प्रमुख वित्तीय अधिकारीले पूर्वराष्ट्रपति ट्रम्पले अब कहिल्यै पनि ट्वीटर प्रतिबन्ध फकुवा नगर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अघिल्लो महिना ह्वाइटहाउसमा ट्रम्प समर्थकलाई हिंसा भड्काउन उत्तेजित बनाएको भन्दै ट्वीटरले उनको ट्वीटर खाता प्रतिबन्ध गरेको थियो ।

हालै भएको अमेरिकी राष्ट्रपति चुनावमा हार बेहोरेपछि ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत हिंसालाई प्रोत्साहित गर्ने ट्वीट गरेको आरोप लागेको थियो । उनले चुनावमा धाँधली भएको दाबी गर्दै आएका छन् ।

अघिल्लो महिनामा ह्वाइटहाउसबाट बर्हिगर्मन हुनुअघि अमेरिकी संसद भवनमा ट्रम्प समर्थकले हिंसा मच्चाएका थिए । यही विषयलाई लिएर ट्रम्पमाथि महाअभियोग लगाइएको छ ।

अमेरिकी माथिल्लो सदन कांग्रेसमा ट्रम्पमाथि महाअभियोगको प्रक्रिया चलिरहेका बेला ट्वीटरका अधिकारीले प्रतिबन्ध कहिल्यै फुकुवा नहुने बताएका हुन् ।

उनले भनेका छन्, ‘हाम्रो नीति भनेको जब तपाईं यो प्लेटफर्मबाट हटाइन्छ, तपाईं सधैँका लागि हटाइन्छ ।’

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ६ : १८ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई