कांग्रेसले एक्लै सडक संघर्ष गर्ने « Khabarhub

कांग्रेसले एक्लै सडक संघर्ष गर्ने


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस एक्लै सडक सङ्घर्ष गर्ने बताएका छन् ।

कांग्रेस जिल्ला कार्य समिति मोरङद्वारा आज यहाँ आयोजित सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको पछिल्लो कदमको विषयमा सर्वोच्च अदालतमा पनि बहस भइरहेकाले सर्वोच्च अदालतले संविधानको मर्म एवं भावनानुसार फैसला सुनाउने विश्वास व्यक्त गरे ।

कांग्रेसका अर्का केन्द्रीय सदस्य अमृत अर्यालले संविधानका वैधानिक संरचना संरक्षण गर्न सरकार चुकेको छ भन्दै कांग्रेस आफ्नै बलमा सङ्घर्ष गर्न सक्षम रहेको बताए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य पवन सारडा, कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू र पार्टीका उपसभापति शिवनारायण गनगाई र बुद्धिजीवी इन्दिरा प्रसाईंः् सरकारले संविधानको भावनानुसार काम नगरेको आरोप लगाए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ९ : ०० बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद