सेनाद्वारा नुवाकोट र लमजुङमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन « Khabarhub

सेनाद्वारा नुवाकोट र लमजुङमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेनाले नुवाकोट र लमजुङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयले नुवाकोटमा २ दिने र लमजुङमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्‍चालन गरेको हो ।

नुवाकोटमा जबरजंग गण र जिल्ला अस्पताल त्रिशुलीको सहकार्यमा किस्पाङ्ग गाउँपालिका-३ स्थित काउले स्वास्थ्य चौकी परिसरमा मिति माघ २७ र २८ गते स्थानीय बासीलाई लक्षित गरि दुईदिने नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।

शिविरमा जिल्ला अस्पताल त्रिशुलीका हाडजोर्नी, प्रसुती तथा स्त्री रोगलगायतका ४ विशेषज्ञ डक्टर एवं नेपाली सेनाका २ जना डक्टरको टिमले संयुक्त रूपमा स्थानियबासीहरूको स्वास्थ्य परीक्षण गरेको थियो ।

स्वास्थ्य शिविरबाट पुरुष-१४४, महिला-३२९ र बालबालिका-२६ गरि ४९९ जना सर्वसाधारण लाभान्वित भएका निर्देशनालयले जनाएको छ ।

यसैगरी लमजुङमा फागुन १ गते श्रीजंग गण र जिल्ला अस्पताल वेशीशहरको सहकार्यमा दोर्दी गाउँपालिका-८, बन्सारस्थित फलेनी मा.वि. को प्राङ्गणमा शिविर सञ्चालन गरेको थियो ।

जिल्ला अस्पताल बेशिसहरका २ र नेपाली सेनाका २ जना डक्टरसहितको १४ जनाको मेडिकल टिमले १ दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १० : ३० बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता