अस्मित र आँचललाई ‘मिस्टर एन्ड मिस रौनियार’ उपाधि « Khabarhub

अस्मित र आँचललाई ‘मिस्टर एन्ड मिस रौनियार’ उपाधि


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस रौनियार २०२१’ को उपाधि आँचल रौनियार र अस्मित गुप्ताले जितेका छन् । एमी इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा आँचलले ‘पब्लिक च्वाईस अवार्ड’ र अस्मितले ‘मिस्टर ट्यालेन्ट’को उपाधि पोल्टामा पारे ।

प्रतियोगितामा काठमाडौं, विराटनगर लगायत विभिन्न स्थानका गुप्ता तथा रौनियार समुदायका युवायुवती बीच भएको दोश्रो संस्करणको ‘मिस्टर एन्ड मिस रौनियार’को उपाधि अस्मित र आँचलले जितेका हुन् ।

प्रतियोगिताको निर्णायकमा अभिनेता रणधिर शाह, मोडल विपना थापा, रौनियार सेवा समाज बिराटनगरका अध्यक्ष रामनरेश शाह, उड्डयन प्राधिकरणकी संगीत रौनियार र फेसन डिजाईनर सरगम श्रेष्ठ थिए ।

प्रतियोगितामा मिस्टर रौनियारतर्फ सर्वजित रौनियार ‘फस्ट रनरअप’सँगै ‘वेस्ट पर्सनालिटी’ र ‘म्यानेजमेन्ट च्वाईस’, राज रौनियार ‘सेकेन्ड रनरअप’सँगै ‘फोटोजेनिक’ र ‘वेस्ट पर्फमेन्स’ बने ।

विधागततर्फ श्याम रौनियार ‘भ्युअर्स च्वाईस’ र ‘पब्लिक च्वाईस’ को विजेता हुँदा अंकित रौनियार ‘वेस्ट वाक’, अजयप्रसाद गुप्ता ‘म्यानेजमेन्ट च्वाईस’ र आयुष रौनियार ‘मिस्टर ट्यालेन्ट’ बने ।

प्रतियोगितामा ‘मिस रौनियार’तर्फ शिक्षा गुप्ता ‘फस्ट रनरअप’, ज्योति रौनियार ‘सेकेन्ड रनरअप’सँगै ‘वेष्ट पर्फमेन्स’, खुस्बु रौनियार ‘मिस ट्यालेन्ट’, नन्दिनीकुमारी गुप्ता ‘म्यानेजमेन्ट च्वाइस अवार्ड’, सोमनकुमारी गुप्ता ‘मिस फोटोजेनिक’, सालुकुमारी रौनियार ‘वेस्ट क्याटवाक’, स्नेहा रौनियार ‘मस्ट चार्मिङ’ र ‘वेष्ट पर्सनालिटी’ बने ।

आयोजक राजन रौनियारले रौनियार समुदायका युवायुवतीको प्रतिभा प्रस्तुतिका लागि आफुहरुले यो प्रतियोगिता तीन वर्ष यताबाट आयोजना गर्दै आएको बताए । प्रतियोगिताको कोरियोग्राफी काठमाडौंका लागि रोजिन शाक्यले र विराटनगरका लागि युवराज केसरीले गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १२ : १५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी