अस्मित र आँचललाई ‘मिस्टर एन्ड मिस रौनियार’ उपाधि « Khabarhub

अस्मित र आँचललाई ‘मिस्टर एन्ड मिस रौनियार’ उपाधि


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस रौनियार २०२१’ को उपाधि आँचल रौनियार र अस्मित गुप्ताले जितेका छन् । एमी इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा आँचलले ‘पब्लिक च्वाईस अवार्ड’ र अस्मितले ‘मिस्टर ट्यालेन्ट’को उपाधि पोल्टामा पारे ।

प्रतियोगितामा काठमाडौं, विराटनगर लगायत विभिन्न स्थानका गुप्ता तथा रौनियार समुदायका युवायुवती बीच भएको दोश्रो संस्करणको ‘मिस्टर एन्ड मिस रौनियार’को उपाधि अस्मित र आँचलले जितेका हुन् ।

प्रतियोगिताको निर्णायकमा अभिनेता रणधिर शाह, मोडल विपना थापा, रौनियार सेवा समाज बिराटनगरका अध्यक्ष रामनरेश शाह, उड्डयन प्राधिकरणकी संगीत रौनियार र फेसन डिजाईनर सरगम श्रेष्ठ थिए ।

प्रतियोगितामा मिस्टर रौनियारतर्फ सर्वजित रौनियार ‘फस्ट रनरअप’सँगै ‘वेस्ट पर्सनालिटी’ र ‘म्यानेजमेन्ट च्वाईस’, राज रौनियार ‘सेकेन्ड रनरअप’सँगै ‘फोटोजेनिक’ र ‘वेस्ट पर्फमेन्स’ बने ।

विधागततर्फ श्याम रौनियार ‘भ्युअर्स च्वाईस’ र ‘पब्लिक च्वाईस’ को विजेता हुँदा अंकित रौनियार ‘वेस्ट वाक’, अजयप्रसाद गुप्ता ‘म्यानेजमेन्ट च्वाईस’ र आयुष रौनियार ‘मिस्टर ट्यालेन्ट’ बने ।

प्रतियोगितामा ‘मिस रौनियार’तर्फ शिक्षा गुप्ता ‘फस्ट रनरअप’, ज्योति रौनियार ‘सेकेन्ड रनरअप’सँगै ‘वेष्ट पर्फमेन्स’, खुस्बु रौनियार ‘मिस ट्यालेन्ट’, नन्दिनीकुमारी गुप्ता ‘म्यानेजमेन्ट च्वाइस अवार्ड’, सोमनकुमारी गुप्ता ‘मिस फोटोजेनिक’, सालुकुमारी रौनियार ‘वेस्ट क्याटवाक’, स्नेहा रौनियार ‘मस्ट चार्मिङ’ र ‘वेष्ट पर्सनालिटी’ बने ।

आयोजक राजन रौनियारले रौनियार समुदायका युवायुवतीको प्रतिभा प्रस्तुतिका लागि आफुहरुले यो प्रतियोगिता तीन वर्ष यताबाट आयोजना गर्दै आएको बताए । प्रतियोगिताको कोरियोग्राफी काठमाडौंका लागि रोजिन शाक्यले र विराटनगरका लागि युवराज केसरीले गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १२ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै