एमाले एक हुने सम्भावना देखिएन : नेतृ झाँक्री « Khabarhub

एमाले एक हुने सम्भावना देखिएन : नेतृ झाँक्री


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले एमाले एक हुने सम्भावना नदेखिएको बताएकी छन्।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत उनले एमाले मुख्यालय धुम्बाराहीमा भएको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफललाई सकरात्मक रुपमा लिन सकिने भए पनि एकता हुने सम्भावना नदेखिएको बताएकी हुन् ।

उनले एमाले अस्तित्वको आधार २३ फागुनको सर्वोच्चको फैसला भएको भन्दै सोही फैसलाअनुसार २०७५ जेठ २ गतेकै अवस्थाबाट एमाले सक्रिय हुनुपर्ने बताएकी छन्।

उनले २०७५ जेठ ३ देखि यताका सबै निर्णयहरूलाई शुन्य मान्नुपर्ने समेत फेसबुकमा लेखेकी छिन् ।

उनले फेसबुकमा यस्तो लेखेकी छिन्-

आजको दिनसम्म नेकपा एमाले एउटै हुने सम्भावना देखिएन। षड्यन्त्र, छलछाम गरेर पाँच वर्षका लागि प्राप्त गरेको जनताको म्यान्डेटलाई संसद र पार्टी एकता भङ्ग गरेर अस्थिरता तिर धकेल्न खोज्नु जनमतको अपमान हो तर पनि आजको संवादलाई सकारात्मक मान्न सकिन्छ।

नेकपा एमाले पार्टीको अस्तित्वको आधार फागुन २३ गतेको सर्वोच्चको फैसला हो। त्यसले भनेको छ- नेकपा एमालेको वैधानिक आधार २०७५ जेठ २ अघिको अवस्था हो। त्यही आधारमा अगाडी बढ्ने हो भने मात्र पार्टी एक रहन सक्छ, त्यसका लागि आधारभूत रूपमा २०७५ जेठ ३ देखि यताका सबै निर्णयहरूलाई शुन्य मान्नुपर्दछ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ११ : २४ बजे

यी १० अविस्मरणीय क्षण : जसले बनायो लियोनल मेस्सीलाई महान् फुटबलर

काठमाडाैँ– दुई दशकभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर खेलेका लियोनल

हेटौँडा-काठमाडौँ सडकमा एकतर्फी यातायात, साना र ठूला सवारीलाई फरक रुट

हेटौँडा– हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडकमा सवारीसाधनको चाप अत्यधिक बढेपछि

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर