एमाले एक हुने सम्भावना देखिएन : नेतृ झाँक्री « Khabarhub

एमाले एक हुने सम्भावना देखिएन : नेतृ झाँक्री


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले एमाले एक हुने सम्भावना नदेखिएको बताएकी छन्।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत उनले एमाले मुख्यालय धुम्बाराहीमा भएको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफललाई सकरात्मक रुपमा लिन सकिने भए पनि एकता हुने सम्भावना नदेखिएको बताएकी हुन् ।

उनले एमाले अस्तित्वको आधार २३ फागुनको सर्वोच्चको फैसला भएको भन्दै सोही फैसलाअनुसार २०७५ जेठ २ गतेकै अवस्थाबाट एमाले सक्रिय हुनुपर्ने बताएकी छन्।

उनले २०७५ जेठ ३ देखि यताका सबै निर्णयहरूलाई शुन्य मान्नुपर्ने समेत फेसबुकमा लेखेकी छिन् ।

उनले फेसबुकमा यस्तो लेखेकी छिन्-

आजको दिनसम्म नेकपा एमाले एउटै हुने सम्भावना देखिएन। षड्यन्त्र, छलछाम गरेर पाँच वर्षका लागि प्राप्त गरेको जनताको म्यान्डेटलाई संसद र पार्टी एकता भङ्ग गरेर अस्थिरता तिर धकेल्न खोज्नु जनमतको अपमान हो तर पनि आजको संवादलाई सकारात्मक मान्न सकिन्छ।

नेकपा एमाले पार्टीको अस्तित्वको आधार फागुन २३ गतेको सर्वोच्चको फैसला हो। त्यसले भनेको छ- नेकपा एमालेको वैधानिक आधार २०७५ जेठ २ अघिको अवस्था हो। त्यही आधारमा अगाडी बढ्ने हो भने मात्र पार्टी एक रहन सक्छ, त्यसका लागि आधारभूत रूपमा २०७५ जेठ ३ देखि यताका सबै निर्णयहरूलाई शुन्य मान्नुपर्दछ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ११ : २४ बजे

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता