कर्णाली प्रदेशको मुख्यमन्त्रीलाई विश्वासको मत दिन माओवादीको अपिल « Khabarhub

कर्णाली प्रदेशको मुख्यमन्त्रीलाई विश्वासको मत दिन माओवादीको अपिल


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको संसदीय दलले प्रदेशमा वर्तमान सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन अपिल गरेको छ ।

संसदीय दलले संसदको सातौं अधिवेशन सञ्चालन हुनु भन्दा एक दिनअघि बिहीबार सार्वजनिक अपिल गरेको हो । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न अपिल गरेको हो ।

‘समग्र राजनीतिक परिवर्तन र यसबाट जनताले गरेको अपेक्षा अनुसार विकास र समृद्धिको अभियानलाई कमजोर हुन नदिन प्रदेश सभाबाट विश्वासको मत लिने निर्णयमा हाम्रो दल पुगेको छ,’ संसदीय दलका प्रमुख सचेतक सिता नेपालीद्वारा हस्ताक्षरित अपिल पत्रमा भनिएको छ, ‘तसर्थ कर्णाली प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा प्रस्तुत हुने माननीय मुख्यमन्त्रीज्यूको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्नुहुन कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने सबै राजनीतिक दल र सम्बद्ध माननीय सदस्यहरूमा अपिल गर्दछु ।’

चैत ५ गतेदेखि नेकपा एमालेले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ ।

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई यो बीचमा पदबाट राजीनामा दिने वा विश्वासको मत लिने दुईवटा विकल्प छन् । मुख्यमन्त्री शाहीले भने संसदबाट विश्वासको मत लिनेगरी बुधबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ८ : ०१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना