तेस्रो सैनिक आचार संहिता सप्ताह शुरु « Khabarhub

तेस्रो सैनिक आचार संहिता सप्ताह शुरु


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ– तेस्रो सैनिक आचार संहिता सप्ताह आजबाट शुरु भएको छ । सैनिक मुख्यालयमा आजबाट शुरु भएको आचार संहिता सप्ताह वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ ।

सैनिक अनुशासन र आचरण सहितको सैनिक चरित्रको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।

बलाधिकृत रथी प्रभुराम शर्माले आज आयोजित एक विशेष समारोहबीच उक्त कार्यक्रमको शुभारम्भ गर्दै गौरवशाली इतिहास बोकेको सेनाले आफ्नो स्थापनाकालदेखि नै वीरता, वफादारिता र पेशागत दक्षतालाई अक्षुण्ण राखेको बताए।

उनले भने, “सेना जनताको विश्वासको केन्द्रविन्दु बन्न सफल भएको छ, यसको श्रेय अनवरत निश्वार्थ सेवा गर्ने भूतपूर्व तथा बहालवाला सच्चा सिपाही र समग्र संस्थालाई नै जान्छ ।”

सेनामा कार्यरत सकलदर्जाले आफू पदमा रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यावहारिक आचरणका बारेमा सुसूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने उद्देश्यले सप्ताह आयोजना गरिएको हो ।

प्रत्येक जवानले स्वयंलाई नैतिकवान, चरित्रवान, पेशेवर र ऊर्जाशील बनाउन अपरिहार्य रहेको जनाउँदै बलाधिकृत शर्माले सकलदर्जाले आचरण मर्यादित र नैतिकवान बनाउन प्रेरणा मिल्ने धारणा व्यक्त गरे ।

उक्त सप्ताह यही वैशाख ९ गतेसम्म चल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मानवीय आचरण र मूल्य मान्यता सम्बन्धमा स्वामी पुरुषोत्तमले अभिप्रेरणात्मक प्रवचन भएको उक्त कार्यक्रम शुभारम्भका अवसरमा सैनिक आचार संहितासम्बन्धी डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनमा विधि र पद्धति स्थापित गर्ने हेतुले प्रत्येक वर्ष यस खाले कार्यक्रम गर्ने सोचका साथ तीन वर्षअघि उक्त कार्यक्रमको थालनी गरेका हुन् ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  १० : ४५ बजे

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज

काठमाडौं–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर जगदीश

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती – मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको