पत्रकार पौडेलमाथि भएको दुर्व्यवहारप्रति महासंघको ध्यानाकर्षण « Khabarhub

पत्रकार पौडेलमाथि भएको दुर्व्यवहारप्रति महासंघको ध्यानाकर्षण


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघले तनहुँ शाखाका सदस्य तथा दमौली न्युज डटकमका सम्पादक पवन पौडेललाई नेपाली सेनाका सैनिक कमाण्डरले दुर्व्यवहार गरेको घटनाप्रति ‘गम्भीर ध्यानाकर्षण’ भएको जनाएको छ।

महासंघले विज्ञप्ति जारी गर्दै सेनाजस्तो जिम्मेवार सैनिक अधिकारीबाट पत्रकार पौडेलमाथि गरिएको हर्कत आफैँमा निन्दनीय भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेनाजस्तो जिम्मेवार निकायको जिम्मेवार सैनिक अधिकारीबाट पत्रकारमाथि गरिएको यो हर्कत आफैंमा निन्दनीय र दुःखद् छ । महासंघ संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारमा आघत पुग्ने यस्ता कार्य नदोहोर्‍याउन र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’

वैशाख १ गते नेपाली सेनाको टोली दमौली बजारको सडकमा दौडिरहेको दृश्य खिँचेको निहुँमा व्यास-५ चापाघाटस्थित कालिभञ्जन गणका सैनिक कमाण्डरले पत्रकार पौडेललाई दुर्व्यवहार गर्दै क्यामेरा खोसेर दृश्य हटाएका थिए ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ९ : ०१ बजे

हरिवंश स्टारर ‘भुठान’ प्राइम भिडियोमा

काठमाडौं – भुटानी शरणर्थीको कथामा बनेको वरिष्ठ कलाकार हरिवंश आचार्य

स्याङ्जामा तीन स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि

१० गते ‘कुमारी’ टिमको कन्सर्ट भृकुटी मण्डपमा, ट्रेलर पनि सार्वजनिक गरिने

काठमाडौं – माघ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘कुमारी’को प्रचारको

डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेताहरूसँगको सम्भावित

दमकमा युवादेखि वृद्धासम्मलाई भेट्न व्यस्त ओली

दमक– झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओली दमकमा