परराष्ट्र मन्त्रालयले सिफारिस गर्‍यो ११ मुलुकका लागि राजदूतको नाम  (सूचीसहित) « Khabarhub

परराष्ट्र मन्त्रालयले सिफारिस गर्‍यो ११ मुलुकका लागि राजदूतको नाम  (सूचीसहित)


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्र मन्त्रालयले ११ मुलुकमा  तीन वर्षदेखि रिक्त राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ ।

अष्ट्रिया, इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, अष्ट्रेलिया, रूस, बर्मा, बहराइन, ब्राजिल, डेनमार्क र साउदी अरेबियाका लागि परराष्ट्रले ११ जनाको नाम  राजदूतको प्रस्ताव गर्दै सिफारिस गरेको हो।

प्रस्तावित नाम संसदीय सुनुवाइका लागि शुक्रबार नै संसद्‌ सचिवालयमा पठाइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

राजदूत सिफारिस गरिएकामा परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्ले र जीवनप्रकाश श्रेष्ठ छन् । काफ्लेलाई अष्ट्रिया र श्रेष्ठलाई इजिप्टका लागि  सिफारिस गरिएको छ ।

यस्तै श्रीलंकाका लागि साविक विराटनगर नगरपालिकाका पूर्वमेयर प्राध्यापक रमेशचन्द्र पौडेललाई सिफारिस गरिएको छ।

राजनीति शास्त्री कृष्णचन्द्र शर्मालाई दक्षिण कोरिया र सुम्‍निमा तुलाधरलाई अष्ट्रेलियाका लागि प्रस्ताव गरिएको छ । तुलाधर बामपन्थी नेता पद्मरत्न तुलाधरकी छोरी हुन् ।

काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत एवम्‌ रूसी भाषा अनुवादक जंगबहादुर (जंगब) चौहानलाई रूस, पूर्वमन्त्री युवराज कार्कीलाई बहराइन,  नारायणप्रसाद संग्रौलालाई बर्मा, पूर्वसांसद कुलप्रसाद नेपाललाई ब्राजिल, सुमीत्रा सुवेदीलाई डेनमार्क तथा मेराज मुसलमानलाई साउदी अरेबियाको राजदूत बनाउन परराष्ट्रले सिफारिस गरेको छ।

परराष्ट्रले गरेको सिफारिस संसदीय समितिमा सुनुवाइपछि पारित हुनुपर्ने व्यवस्था छ ।

राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ अनुसार ५० प्रतिशत परराष्ट्र सेवा र बाँकी राजनीतिक कोटामा नियुक्ति गर्ने व्यवस्था मिलाइए पनि यो पटक परराष्ट्र सेवाबाट दुई जनामात्रै सिफारिसमा भएका छन् ।

यी हुन् राजदूतका लागि सिफारिस व्यक्ति

१. कुलप्रसाद नेपाल (ब्राजिल)

२. जंगवहादुर चौहान (रूस)

३. नारायणप्रसाद संग्रौला (बर्मा)

४. कृष्णचन्द्र शर्मा (दक्षिण कोरिया)

५. मेराज मुसलमान (साउदी अरेबिया)

६. सुम्‍निमा तुलाधर (अष्ट्रेलिया)

७. रमेशचन्द्र पौडेल (श्रीलंका)

८.निर्मलराज काफ्ले (अष्ट्रिया)

९. युवराज कार्की (बहराइन)

१०. जीवनप्रकाश श्रेष्ठ (इजिप्ट)

११. सुमीत्रा सुवेदी (डेनमार्क)

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ९ : ४७ बजे

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै