भोजपुरमा एक संक्रमितको मृत्यु « Khabarhub

भोजपुरमा एक संक्रमितको मृत्यु


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- कोरोना भाइरस संक्रमित भोजपुरका एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमित भोजपुर नगरपालिका- ९, पानीट्याङ्की ४२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

संक्रमितको अवस्था गम्भिर बन्दै गएपछि उनलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । काठमाडौँको टिचिङ हस्पिटलमा उपचार गराउँदा गराउँदै गएराति उनको मृत्यु भएको पारिवारका एक सदस्यले जानकारी दिए ।

उच्च रक्तचाप, मधुमेहबाट पनि ग्रसित उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि गत वैशाख ३० गते जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कोरोना पुष्टि भएको थियो । अवस्थालाई हेरेर परिवारजनले काठमाडौँ लैजाने भनेपछि रेफर गरिएको स्वास्थ्य कार्यालय भोजपुर प्रमुख फणिन्द्र थापाले जानकारी दिए ।

जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७२ जना पुगेको छ । जसमा एकजनाको मृत्यू र एकजना निको भएका छन् । कोभिड १९ को उच्च जोखिम रहेको भोजपुरमा सबै सिमानाका र जारी निषेधाज्ञा कडा पारिएको जिल्ला प्रशासनले जनाएको छ । त्यस्तै प्रशासनले अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल नगर्न सर्वसाधरणलाई अपिल गरेको छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ११ : ५९ बजे

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै