संक्रमित पत्रकारका घर घरमा औषधि र योगशिक्षा | Khabarhub Khabarhub

संक्रमित पत्रकारका घर घरमा औषधि र योगशिक्षा



झापा– कोरोना भाईरसको महामारीका कारण सञ्चार क्षेत्र पनि अछुतो छैन ।

नागरिकलाई सुसुचित गराउन खटिने सञ्चारकर्मी समेत संक्रमित हुनेक्रम बढे पछि झापामा घर घरमै पुगेर औषधि, पोषिलो खानेकुरा तथा योगशिक्षा प्रदान गर्न थालिएको छ ।

कोरोना भाइरसबाट संक्रमित भई होम आइसोलेसनमा बसिरहेका झापाका पत्रकारका लागि पोसिलो खानेकुरा, औषधि घर–घरमा पुर्‍याईएको हो ।

स्वास्थ्यकर्मीसहित पत्रकार महासंघ झापा शाखाले संक्रमित सबै पत्रकारको मनोबल बढाउन तथा स्वास्थ्य लाभको कामना गर्दै पोषिलो खानेकुराको प्याकेज घर–घरमा पुर्‍याएको हो ।

त्यसक्रममा महासंघको टोलीले पत्रकारहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सहयोग र समन्वयलाई निरन्तरता दिने जनाएको छ ।

औषधि र शिक्षा एकसाथ
पत्रकार महासंघ प्रदेश नं. १ को पहल तथा झापा शाखाको समन्वयमा औषधिका अतिरिक्त पोषणयुक्त खाद्यवस्तु तथा योगशिक्षा संक्रमित पत्रकारका घर घरमा पुर्‍याईएको हो ।

मेची अञ्चल आयुर्वेद औषधालय (अस्पताल) इलामको टोलीले संक्रमित १० पत्रकारको घरमा आयुर्वेद औषधि वितरण गर्नुका साथै श्वासप्रश्वासमा लाभ पुग्ने विभिन्न योग विधिसमेत सिकाएको महासंघ झापाका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

अस्पतालका वरिष्ठ कविराज निरीक्षक तीर्थराज आचार्य नेतृत्वको टोलीले औषधि वितरण र योग विधि सिकाएको हो ।

के के बाँढियो र सिकाईयो ?

स्वास्थ्य कार्यालय इलामको सहयोगमा उक्त औषधि वितरण गरिएको थियो । टोलीले अश्वगन्धा चुर्ण, गुडुची चुर्ण, जेठी मधु, त्रिकटु लगायतका औषधि वितरण गरेको थियो ।

त्यसक्रममा संक्रमित पत्रकार र पत्रकारका परिवारलाई भस्त्रीका प्रणायम्, कपालभाती प्रणायम्, अनुलोम विलोम प्रणायम्, उज्जयी प्रणायम्, हस्त पदासन, ताडकासन लगायतका विधि सिकाइएको थियो ।

पत्रकारहरु नरेन्द्र ढकाल, भीमा शिवाकोटी, गोपाल काफ्ले, पारस तिम्सिना, पुष्प बराल, दिपेन्द्र पौडेल, राजु अधिकारी, सन्तोष आचार्य, पर्वत पोर्तेल, विगम श्रेष्ठको निवासमै पुगेर उक्त सेवा प्रदान गरिएको हो ।

इलाममा भने आयुर्वेद औषधालयले कोभिड नियन्त्रणका लागि घर–घरमा मेची आयुर्वेद भन्ने अभियान सञ्चालन गरेको छ । झापामा पत्रकार महासंघको पहल र समन्वयमा उक्त टोली आएको हो ।

२६ संक्रमित, १ को निधन

हालसम्म झापाका २६ पत्रकार कोरोनाबाट संक्रमित भएको महासंघ झापा शाखाले जनाएको छ । ती मध्ये एक जनाको निधन भएको छ भने हाल १३ जना होम आइसोलेसनमा छन् ।

आयुर्वेद अस्पताल इलामका वरिष्ठ कविराज निरीक्षक आचार्यले महामारीको बेला यस्तो अभियान देशभरि चलाउन आवश्यक रहेको बताएका छन् । सकेसम्म संक्रमण हुन नदिन सावधानी अपनाउन जरुरी रहेको र संक्रमण भई सकेपछि उचित खानपान, योगअभ्यास र व्यायामको माध्यमबाट रोग प्रतिरोधी क्षमताको विकास गर्न सकिने उनको भनाइ छ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  १२ : ५६ बजे

राप्रपाले भन्यो– अध्यक्ष र नेताहरूलाई अविलम्ब रिहा गरियोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन

पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमण रोकिएन : जेलेन्स्की

क्रामाटोर्स्क– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले

सिक्वेलले अभिनयमा फर्कायो कामेश्वरलाई, ‘अभिमन्यु’मा लिड हिरो

काठमाडौं – ७० को दशकमा कामेश्वर चौरसिया सहायक भूमिकाका लागि

जुम्ला पुगेर खानेपानी मन्त्रीले भने- खानेपानीसहित विविध समस्या समाधान गर्छु

जुम्ला– खानेपानीमन्त्री प्रदीप यादवले जिल्लामा निर्माणधीन खानेपानी आयोजनाको अनुगमन गरेका

अस्ट्रेलियाको तटमा ठूलो छाल : डुबेर ६ जनाको मृत्यु

सिड्नी– आइतबार सिड्नी नजिकै चट्टानबाट खसेपछि एक मछुवाको मृत्यु भएको