किन नियमित पानी पिउने ? | Khabarhub Khabarhub

किन नियमित पानी पिउने ?


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक प्राणिकालागि पानी अत्यन्त आवश्यक छ । पानी स्वास्थ्यकालागि सबैभन्दा उपयोगी तत्व हो । यसले धेरै प्रकारका रोग लाग्नबाट जोगाउँछ ।

पानीबिना मानव जीवनको कल्पना समेत गर्न सकिँदैन । हाम्रो शरीरमा ६० प्रतिशत पानी हुन्छ । यसका साथै हाम्रो स्वास्थ्यमा पानीले निम्न लाभहरु पुर्याउँछन् ।

१. कब्जियतको सबैभन्दा उत्तम औषधि पानी नै हो ।
२. शरीरमा भएको विषालु तत्व फाल्न पनि पानी आवश्यक छ ।
३. गर्मीमा हुने ‘लू’बाट बच्न पानीको सेवन अत्यन्त आवश्यक छ ।
४. ज्वरो १०३ डिग्री कटेपछि पानीपट्टी लगाउनुपर्छ ।
५. बेहोस भएको व्यक्तिलाई पानी छम्किनुपर्छ र बेहोसीबाट उठेपछि पानी पिउन दिनुपर्छ ।
६. लामो हिँडाइपछि थकाइ लागेको छ, टाउको दुखेको छ भने पानी पिएमा लाभ मिल्दछ ।
७. मनतातो पानीमा नुन हालेर खुट्टा डुबाएर केहीबेर राख्नाले थकाइ कम हुन्छ ।
८. रुघाखोकी लागेको बेला सकेसम्म बढी मात्रामा पानी नै पिउनुपर्छ ।
९. भाइरसको रोगमा जति पानी खायो त्यति नै पिसाबको माध्यमबाट शरीरबाट निस्कन्छ ।
१०. मूत्रनलीको संक्रमणबाट बच्न महिलाले दैनिक १२ गिलास पानी पिउनुपर्छ ।
११. महिनावारीको तल्लो पेट दुखाईमा तातोपानीमा नुन राखेर खुट्टा सेके दुख्न कम हुन्छ ।
१२. आगोले पोलेको बेला प्राथमिक उपचारका रूपमा पानी अमूल्य औषधि हो ।
१३. पोलेको भाग चिसो पानीमा भिजाएर राख्दा दुखाइ र छालामा समस्या पनि कम हुन्छ ।
१४. रुघाखोकी लागेर नाक बन्द भएमा तातोपानीको बाफ लिदाँ बन्द नाक खुल्दछ ।
१५. दैनिक ‘जलनेती’ गरे घाँटीमा बारम्बार हुने दुखाइको समस्यालाई कम गर्न सकिन्छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  १ : २५ बजे

बोखिमका किसानलाई नौ हजार किलो उन्नत आलुको बीउ वितरण

भोजपुर– भोजपुर नगरपालिका–५ बोखिमका किसानलाई नौ हजार किलो उन्नत जातको

ललितपुरमा दुईवटा जुवाखालबाट १९ जना समातिए, १३ लाख बरामद

ललितपुर – जिल्ला प्रहरी परिसर ललितपुरले दुई अलग-अलग स्थानमा छापा

मोडर्न कन्या मल्टिपल कलेजले मनायो देवकोटाको ११७औँ जन्मजयन्ती

काठमाडौं– मोडर्न कन्या मल्टिपल कलेज, काठमाडौँले आज एक कार्यक्रम आयोजना

फूलखेतीबाट मनग्य आम्दानी गर्दै सीताराम

घोडाघोडी– कैलालीको टिकापुर नगरपालिका–१ वनगाउँका सीताराम चौधरीको जीवन अहिले फूलले

तिहारमा खाइने गुलियो र स्वास्थ्य 

काठमाडौं– यतिबेला हामी तिहार पर्व मनाइरहेका छौँ । तिहारमा हामीले