कोरोना कहरले राप्रपाको महाधिवेशन स्थगित « Khabarhub

कोरोना कहरले राप्रपाको महाधिवेशन स्थगित


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमणको दर बढेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित भएको छ। राप्रपाका तीनैजना अध्यक्षसहित शनिबार बसेको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।

कोभिड–१९ महामारी अत्यन्तै भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै आगामी जेठ २२–२५ सम्म काठमाडौँमा हुने भनिएको पूर्वघोषित पार्टीको केन्द्रीय महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ।

महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने पनि पार्टीले जनाएको छ।

बैठकले कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा चिन्ता व्यक्त गरेको छ।

संक्रमित बिरामीका लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आइसियु, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमिका कारण मृत्युदर बढिरहेको अवस्थामा निजी क्षेत्रसँगको सहकार्यबाट स्वदेश र विदेशमा कुटनीतिक पहल गरी अन्तर्राष्ट्रिय सहयोग जुटाउन आवश्यक तदारुकताका लागि राप्रपाले सरकारसँग माग गरेको छ।

नागरिकको जीवन रक्षाका लागि राज्यका सम्पूर्ण सामर्थ्य प्रयोग गर्न पनि राप्रपाले सरकारसँग माग गरेको छ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  २ : २५ बजे

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु