निकुञ्जमा मारिएका कर्मचारीको नामबाट छावाको नामकरण | Khabarhub Khabarhub

निकुञ्जमा मारिएका कर्मचारीको नामबाट छावाको नामकरण


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा जन्मिएको एउटा छावाको नाम निकुञ्ज सुरक्षार्थ खटिएका अवस्थामा तस्करहरुद्धारा मारिएका कर्मचारीका नामबाट राखिएको छ ।

११ दिनअघि नारायणी कलिले जन्माएको भाले छावाको नाम शुक्रवार “शेषचन्द्र गज” राखिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार २०७१ साल असोज ९ गते कामकै सिलसिलामा हिँडेका निकुञ्जका कर्मचारी शेषचन्द्र चौधरीलाई तस्करले गोली हानी हत्या गरेका थिए ।

उनी ठोरीको दिवानगर पोष्टमा कार्यरत रहँदा बगइको जङ्गलमा गोली हानिएको थियो । निकुञ्जले संरक्षण शहीद घोषणा गर्नुपर्ने माग गरिरहेका चौधरीका सम्झनामा छावाको नाम राखिएको बरालले जानकारी दिए ।

चौधरीका स्मृतिमा माडी ठोरी हुलाकी सडकको निकुञ्ज क्षेत्रमा पार्टी र चौतारी बनाइने योजना रहेको बरालले जानकारी दिए ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ४ : २० बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ