राजपा विवाद : महतोलाई संसदीय दलको नेता चयन भएपछि यादव समूह कार्यकारिणी समितिमा छलफल गर्दै « Khabarhub

राजपा विवाद : महतोलाई संसदीय दलको नेता चयन भएपछि यादव समूह कार्यकारिणी समितिमा छलफल गर्दै


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफूहरु कांग्रेस, माओवादीसँग अझै निकटमा रहेर काम गर्ने बताएका छन् ।

जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषय नटुंगिएका बेला अध्यक्ष यादवले यो धारणा सार्वजनिक गरेका हुन् । उनले आफ्नो धारणा कांग्रेस माओवादीलाई जानकारी गराएको र सोही अनुसार अघि बढ्ने पनि दाबी गरे ।

जसपा कै अर्का अध्यक्ष महन्थ ठाकूर समूहले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीसँग निकट रहेर छलफलमा जुटिरहेका बेला यादवले भने विपक्षी मोर्चासँग मिलेर जाने बताएका हुन् ।

यद्यपी अध्यक्ष यादवले पार्टीको विवाद मिलाउन एक ढिक्का भएर अघि बढ्नुपर्ने बताएका छन् ।

आज कार्यकारिणी समितिको बैठक

हिजो अध्यक्ष महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता चयन गरेपछि अर्का अध्यक्ष यादव र भट्टराई पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

पार्टी विधान विपरीत केही नेताहरुको भेलाले राजनीतिक निर्णय गरेपछि त्यसैको विषयमा छलफल गर्न बैठक बोलाइएको यादव पक्षका नेता मोहम्मद इस्तियाक राइनले जानकारी दिए ।

बैठकले पार्टीको विधान विपरीत काम गर्नेहरुविरुद्ध निर्णय लिन सक्ने राईनले बताए ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ३ : ५० बजे

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु