ह्वाट्सएपको नयाँ नीति स्विकार नगर्नेले यस्ता फिचरहरू चलाउन नपाउने « Khabarhub

ह्वाट्सएपको नयाँ नीति स्विकार नगर्नेले यस्ता फिचरहरू चलाउन नपाउने


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रयोगकर्ताहरूले आजदेखि इन्सट्यान्ट मेसेजिङ्ग एप ह्वाट्सएपको नयाँ नीति अपडेट स्विकार गर्नुपर्ने भएको छ । किनकी नयाँ गोपनीयता नीति मे १५ अर्थात आजदेखि लागू हुँदैछ।

कम्पनीकाअनुसार नयाँ नीति अपडेट स्वीकार नगरेपनि हाल कुनैपनि प्रयोगकर्ताहरुको खाता डिलिट हुनेछैन। तर कम्पनीले यदि कसैले पनि गोपनीयता नीति स्वीकार गर्दैन भने समय बित्दै जाँदा ह्वाट्सएप प्रयोगकर्ताहरूको कार्यक्षमता घट्ने बताएको छ।

यदि नीति स्वीकार गरिएको छैन भने तपाईंको कुन सुविधाहरू बन्द हुनेछ थाहा पाउनुहोस ।

यी सेवाहरूमा प्रतिबन्ध लगाइनेछ

तपाईंलाई थाहा छ, ह्वाट्सएपले आफ्नो गोपनीयता नीतिको बारेमा शुक्रबार केही नयाँ खुलासा गरेको थियो। गोपनीयता नीति अस्वीकार गर्ने प्रयोगकर्ताहरुका लागि कम्पनीका अनुसार ह्वाट्सएपका धेरै सुविधाहरू रिमाइन्डरको समयमा पनि उनीहरूलाई उपलब्ध हुने छैन।

यस पछि, कम्पनीले तिनीहरूलाई सीमित कार्यक्षमता मोड (Limited Functionality Mode) मा राख्नेछ।

प्रयोगकर्ताहरू उनीहरूको च्याट लिस्टमा पहुँच गर्न सक्षम हुने छैनन्, यद्यपि उनीहरूले अन्य प्रयोगकर्ताहरूबाट च्याट प्राप्त गर्नेछन् तर ती च्याट नोटिफिकेसनमार्फत मात्र तिनीहरूले पढ्न वा जवाफ दिन सक्षम हुनेछन्।

प्रयोगकर्ताहरूले इनकमिङ्ग अडियो कल गर्न त सक्षम हुनेछन तर भिडियो कलहरू प्राप्त गर्न सक्दैनन भने मेसेज पनि प्राप्त गर्न सक्नेछैनन् । तर कम्पनीले यस बारेमा थप स्पष्ट जानकारी दिएको छैन् ।

मिडिया रिपोर्टका अनुसार फेसबुकको स्वामित्वमा रहेको कम्पनीले अब गोपनीयता नीति स्वीकार नगर्ने प्रयोगकर्ताहरूको एकाउन्टका सुविधाहरू वा सुविधाहरू सीमित गर्नेछ । त्यसकारण ह्वाट्सएपले प्रयोगकर्ताहरूलाई नयाँ गोपनीयता नीतिका बारे रिमाइन्डरहरू पठाईरहनेछ ।

कम्पनीकाअनुसार २ अर्ब प्रयोगकर्ताहरुमध्ये अधिकांशले यसको टर्म एण्ड कण्डिसन स्वीकार गरिसकेको कम्पनीले उल्लेख गरेको छ । विशेषगरि यो नयाँ नीति बिजनेस एकाउन्टका लागि हुने बताईएको छ ।

यसअघि सो नीति लागूगर्ने प्रयास गर्दा कम्पनीले चर्को विरोध खेपेको थियो र जनवरीमा नै लागू हुने नीति मे महिनासम्म लम्ब्याईएको थियो । नयाँ नीतिले प्रयोगकर्ताहरुको विभिन्न व्यक्तिगत जानकारीहरु फेसबुकसँग साझेदारी गर्ने उल्लेख गरेको थियो ।

अर्कोतर्फ ह्वाट्सएपले भने सबै कुराकानीहरु एण्ड-टू-एण्ड इनक्रिप्सन हुने हुँदा गोप्य र सुरक्षित हुने बताउँदै आएको छ ।

कम्पनीको नयाँ नीतिले गर्दा प्रयोगकर्ताहरु टेलिग्राम र सिग्नलमा आकर्षित भएका थिए ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  ६ : ५५ बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र