निषेधाज्ञामा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा पाँचजना पक्राउ « Khabarhub

निषेधाज्ञामा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा पाँचजना पक्राउ


१ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– निषेधाज्ञा उल्लंघन, प्रहरीमाथि अभद्र व्यवहार र संक्रामक रोग ऐन, २०२० विरुद्धको कसूर गरेको अभियोगमा पर्साका विभिन्न स्थानबाट पाँच जनालाई बिहीबार प्रहरीले पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाएको छ ।

पक्राउ पर्नेमा महानगरपालिका वडा नम्बर १० का २६ वर्षका साहेव शेख, वडा नम्बर १३ का ३० वर्षका मोहम्द असरफ राइन, पोखरिया नगरपालिका ३ का १९ वर्षका हनिफ हुसेन, विन्दवासिनी गाउँपालिका ४ का ३० वर्षका भोला प्रसाद साह र भारत विहार वेतिया वैरिया ३ का मुन्ना साह रहेका छन् ।

पर्सामा बैशाख ३० गतेदेखि जेठ ६ गते सम्मका लागि थप जारी भएको निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीमाथि अभद्र व्यवहार गरी प्रहरी कामकारवाहीमा अवरोध पुर्‍याएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुमाथि सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर एवं संक्रामक रोग ऐन, २०२० बमोजिम कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७८, शनिबार  १० : ५९ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक