चीनले सुरक्षा जोखिम निम्त्याएको नेटो नेताहरुको ठहर, चुनौती दिने चेतावनी | Khabarhub Khabarhub

चीनले सुरक्षा जोखिम निम्त्याएको नेटो नेताहरुको ठहर, चुनौती दिने चेतावनी


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)मा आवद्ध भएका देशका सरकार तथा राष्ट्रप्रमुखहरूले चीनले सुरक्षा जोखिम निम्त्याएको ठहर गरेका छन् ।

ब्रसेल्समा भेला भएका नेटोमा आवद्ध देशका नेताहरूले चीनका कारण उत्पन्न सैन्य जोखिमको चुनौती दिने चेतावनी समेत दिएका छन् ।

३० वटा युरोपेली र उत्तर अमेरिकी देशहरूको शक्तिशाली राजनीतिक तथा सैन्य गठबन्धन नेटोमा आवद्ध नेताहरुले चीन तीव्र ढङ्गले आफ्नो परमाणु क्षमता विस्तार गरिरहेको, सैन्य आधुनिकीकरणबारे अपारदर्शी निर्णय गरिरहेको र रुससँग सैन्य सहकार्य गरिरहेको आरोप लगाएका छन् ।

नेटो शिखर बैठकपछि जारी विज्ञप्तिमा चीनको ‘घोषित महत्त्वाकाङ्क्षा र आक्रामक व्यवहारले अन्तर्राष्ट्रिय व्यवस्था र गठबन्धनको सुरक्षासँग जोडिएका क्षेत्रमा’ प्रणालीगत चुनौती दिने उल्लेख गरिएको छ ।

नेटोका प्रमुख येन्स स्टोल्टेन्बेर्गले सैन्य र प्राविधिक क्षमतामा चीन नेटोको ‘हाराहारी तर्फ’ आइरहे पनि नेटो गठबन्धनले चीनसँग नयाँ शीतयुद्ध गर्ने मनस्थितिमा नरहेको प्रष्ट्याएका छन् ।

पदभार सम्हाले यताको पहिलो नेटो शिखर बैठकमा सहभागी भएका अमेरिकी राष्ट्रपति जो बाइडनले नेटो गठबन्धनलाई अमेरिकी समर्थन कायमै रहने प्रतिवद्धता पनि जनाएका छन् ।

अमेरिकी स्वार्थका लागि नेटो महत्त्वपूर्ण रहेको भन्दै उनले गठबन्धनमा अमेरिकी साथ कायमै रहने जनाएका हुन् ।

त्यसमा नेटो पारदर्शिताको अभाव र गलत सूचनाको प्रयोगप्रति चिन्तित रहेको उल्लेख गरिएको छ।

चीन विश्वको एउटा प्रमुख सैनिक र आर्थिक शक्ति हो र त्यहाँको कम्युनिस्ट पार्टीले राजनीति, दैनिक जीवन र समाजको धेरै हिस्सामा आफ्नो पकड कायम राखेको छ।

विश्वकै सबैभन्दा ठूलो फौज मानिने चिनियाँ सेनामा २० लाखभन्दा धेरै सक्रिय सेवामा कार्यरत छन् । चीनको बढ्दो सैनिक सामर्थ्यलाई लिएर नेटो सदस्य राष्ट्रहरुले प्रश्न उठाउँदै आएका छन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ७ : ४० बजे

लगानी सम्मेलन : सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा

लगानी सम्मेलनमा निजी क्षेत्रले गरे प्रमुख आठ समझदारी

काठमाडौं – तेस्रो लगानी सम्मेलनको दोस्रो (अन्तिम) दिन साँझसम्म निजी

‘सिधाकुरा’का प्रकाशक र सम्पादकलाई सर्वोच्चले बयानमा बोलायो (आदेशसहित)

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’का प्रकाशक युवराज कँडेललाई बयानमा बोलाउन

झापामा लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

काठमाडौं– प्रहरीले झापामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ

हुलाकलाई व्यावसायिक बनाउन सरोकारवालाको जोड

गोरखा– हुलाक सेवालाई सेवासँगै व्यावसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्