चीनले सुरक्षा जोखिम निम्त्याएको नेटो नेताहरुको ठहर, चुनौती दिने चेतावनी « Khabarhub

चीनले सुरक्षा जोखिम निम्त्याएको नेटो नेताहरुको ठहर, चुनौती दिने चेतावनी


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)मा आवद्ध भएका देशका सरकार तथा राष्ट्रप्रमुखहरूले चीनले सुरक्षा जोखिम निम्त्याएको ठहर गरेका छन् ।

ब्रसेल्समा भेला भएका नेटोमा आवद्ध देशका नेताहरूले चीनका कारण उत्पन्न सैन्य जोखिमको चुनौती दिने चेतावनी समेत दिएका छन् ।

३० वटा युरोपेली र उत्तर अमेरिकी देशहरूको शक्तिशाली राजनीतिक तथा सैन्य गठबन्धन नेटोमा आवद्ध नेताहरुले चीन तीव्र ढङ्गले आफ्नो परमाणु क्षमता विस्तार गरिरहेको, सैन्य आधुनिकीकरणबारे अपारदर्शी निर्णय गरिरहेको र रुससँग सैन्य सहकार्य गरिरहेको आरोप लगाएका छन् ।

नेटो शिखर बैठकपछि जारी विज्ञप्तिमा चीनको ‘घोषित महत्त्वाकाङ्क्षा र आक्रामक व्यवहारले अन्तर्राष्ट्रिय व्यवस्था र गठबन्धनको सुरक्षासँग जोडिएका क्षेत्रमा’ प्रणालीगत चुनौती दिने उल्लेख गरिएको छ ।

नेटोका प्रमुख येन्स स्टोल्टेन्बेर्गले सैन्य र प्राविधिक क्षमतामा चीन नेटोको ‘हाराहारी तर्फ’ आइरहे पनि नेटो गठबन्धनले चीनसँग नयाँ शीतयुद्ध गर्ने मनस्थितिमा नरहेको प्रष्ट्याएका छन् ।

पदभार सम्हाले यताको पहिलो नेटो शिखर बैठकमा सहभागी भएका अमेरिकी राष्ट्रपति जो बाइडनले नेटो गठबन्धनलाई अमेरिकी समर्थन कायमै रहने प्रतिवद्धता पनि जनाएका छन् ।

अमेरिकी स्वार्थका लागि नेटो महत्त्वपूर्ण रहेको भन्दै उनले गठबन्धनमा अमेरिकी साथ कायमै रहने जनाएका हुन् ।

त्यसमा नेटो पारदर्शिताको अभाव र गलत सूचनाको प्रयोगप्रति चिन्तित रहेको उल्लेख गरिएको छ।

चीन विश्वको एउटा प्रमुख सैनिक र आर्थिक शक्ति हो र त्यहाँको कम्युनिस्ट पार्टीले राजनीति, दैनिक जीवन र समाजको धेरै हिस्सामा आफ्नो पकड कायम राखेको छ।

विश्वकै सबैभन्दा ठूलो फौज मानिने चिनियाँ सेनामा २० लाखभन्दा धेरै सक्रिय सेवामा कार्यरत छन् । चीनको बढ्दो सैनिक सामर्थ्यलाई लिएर नेटो सदस्य राष्ट्रहरुले प्रश्न उठाउँदै आएका छन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ७ : ४० बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले