‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ « Khabarhub

‘नक्कली डीएसपी’ बन्ने फार्मेसी सञ्चालक पक्राउ


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीको ‘नक्कली डीएसपी’ बनेर ठगी गरेको आरोपमा प्रहरीले एक फार्मेसी सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–६ बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुंगाना (डा. एसके ढुंगाना) छन् ।

उनलाई तारकेश्वरस्थित उनैले सञ्चालन गरेको भिक्टोरीया फार्मेसीबाट प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका प्रमखु एसएसपी चन्द्र कवेर खापुङका अनुसार उनले सामाजिक सञ्जाल फेसबुक प्रोफाइलमा नेपाल प्रहरीको डीएसपीको युनिफर्म लगाएको फोटो राखेका छन् ।

ढुंगानाले आफू ‘प्राविधिक प्रहरी कर्मचारी डाक्टर हुँ’ भनेर हिड्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले ढुंगानाविरुद्ध ठगी उद्योग र आफूले नपाएको ओहोदा पाएको भन्न नमिल्ने कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १० : १० बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार