लेबनानमा नेपाली सेनालाई वातावरणीय सुरक्षा पुरस्कार | Khabarhub Khabarhub

लेबनानमा नेपाली सेनालाई वातावरणीय सुरक्षा पुरस्कार


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतसहित विभिन्न एक दर्जन देशका सैनिकलाई पछाडि पार्दै नेपाली सेनाले लेबनानमा वातावरणीय सुरक्षा पुरस्कार जितेको छ ।

शान्ति सैनिक मिशनमा खटिएको युनिफिल मिशन, लेबनानमा तैनाथ नेपाली सेनाको गणले उक्त पुरस्कार जितेको हो ।

प्रतिस्पर्धामा फ्रान्स, ईटाली, स्पेन, आयरल्याण्ड, भारत, मलेसिया, दक्षिण कोरिया, इण्डोनेसिया र घाना लगायत राष्ट्रका गण तथा बाहिनीहरुको सहभागिता थियो ।

शुरुमा उत्कृष्ट तीन वटा समूहलाई छनौट गरिएको थियो । युनिफिल हेडक्वार्टरमा गठित समितिले गरेको भोटिङ्गको आधारमा भारतीय सेनालाई पाँच अंकले पछि पार्दै नेपाली सेनाले उक्त पुरस्कार जितेको हो ।

यस पुरस्कार युनिफिल मिशन ईलाकाभित्र वातावरणीय तथा पर्यावरणीय क्षेत्रमा असाधारण योगदान दिने व्यक्ति तथा सैनिक व्यारेकहरुलाई वार्षिक रुपमा प्रदान गर्दै आईरहेको छ ।

नेपाली सेनाले आफ्नो व्यारेक हाताभित्र र स्थानीय समुदायलाई समेत लक्षित गरी सृजनशिल, यथार्थपरक र मितव्ययी ढङ्गबाट वातावरणमैत्री कार्य गरी पर्यावरणीय सुरक्षामा दिएको अतुलनीय योगदानको मुल्याकंनको आधारमा उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ । हाल लेबनानमा श्री बर्द बहादुर गण तैनाथ रहेको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १२ : २५ बजे

जेनजी आन्दोलनपछि बन्द रहेको मौलाकाली केबलकार सञ्चालनमा

नवलपरासी– गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड

दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ सम्ममा तीन लाख ३० हजार

भारतीय माओवादीलाई अर्को धक्का, प्रहरी कारबाहीमा मारिए चर्चित कमान्डर हिडमा

नयाँदिल्ली- चर्चित भारतीय माओवादी कमान्डर हिडमा मारिएका छन् । उनीमाथि

सुदूरपश्चिमको कूल गार्हस्थ्य उत्पादन चार खर्ब ३० अर्ब

काठमाडौं– सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन चार खर्ब ३० अर्ब

चितवनविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो दिनको पहिलो