लेबनानमा नेपाली सेनालाई वातावरणीय सुरक्षा पुरस्कार « Khabarhub

लेबनानमा नेपाली सेनालाई वातावरणीय सुरक्षा पुरस्कार


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतसहित विभिन्न एक दर्जन देशका सैनिकलाई पछाडि पार्दै नेपाली सेनाले लेबनानमा वातावरणीय सुरक्षा पुरस्कार जितेको छ ।

शान्ति सैनिक मिशनमा खटिएको युनिफिल मिशन, लेबनानमा तैनाथ नेपाली सेनाको गणले उक्त पुरस्कार जितेको हो ।

प्रतिस्पर्धामा फ्रान्स, ईटाली, स्पेन, आयरल्याण्ड, भारत, मलेसिया, दक्षिण कोरिया, इण्डोनेसिया र घाना लगायत राष्ट्रका गण तथा बाहिनीहरुको सहभागिता थियो ।

शुरुमा उत्कृष्ट तीन वटा समूहलाई छनौट गरिएको थियो । युनिफिल हेडक्वार्टरमा गठित समितिले गरेको भोटिङ्गको आधारमा भारतीय सेनालाई पाँच अंकले पछि पार्दै नेपाली सेनाले उक्त पुरस्कार जितेको हो ।

यस पुरस्कार युनिफिल मिशन ईलाकाभित्र वातावरणीय तथा पर्यावरणीय क्षेत्रमा असाधारण योगदान दिने व्यक्ति तथा सैनिक व्यारेकहरुलाई वार्षिक रुपमा प्रदान गर्दै आईरहेको छ ।

नेपाली सेनाले आफ्नो व्यारेक हाताभित्र र स्थानीय समुदायलाई समेत लक्षित गरी सृजनशिल, यथार्थपरक र मितव्ययी ढङ्गबाट वातावरणमैत्री कार्य गरी पर्यावरणीय सुरक्षामा दिएको अतुलनीय योगदानको मुल्याकंनको आधारमा उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ । हाल लेबनानमा श्री बर्द बहादुर गण तैनाथ रहेको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १२ : २५ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै