चेस च्याम्पियनको बायोपिकमा आमिरको चासो | Khabarhub Khabarhub

चेस च्याम्पियनको बायोपिकमा आमिरको चासो


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– अभिनेता आमिर खानले अक्षय फाउण्डेसनको कोभिड–१९ राहत कोषको लागि गत आइतबार भारतीय पूर्व विश्व चेस च्याम्पियन विश्वनाथन आनन्दका चेस प्रतिष्पर्धा गरे । यो प्रतिष्पर्धाबाट उठेको रकम कोरोना पीडितको लागि खाद्यान्न सहयोग जुटाउने काममा खर्च गरिँदैछ ।

चेसका कुशल खेलाडीसमेत रहेका आमिरले गायक अरिजीत सिंहको ‘फन च्याट शो’मा विश्वनाथनको बायोपिकमा अभिनय गर्ने इच्छा व्यक्त गरेका छन् । उनले विश्वनाथनको दिमागले कसरी काम गर्छ भन्ने जान्न पनि उनको बायोपिकमा अभिननयको आवश्यकता रहेको औल्याए ।

कार्यक्रममा उनलाई ‘यदि तपाईंलाई विश्वनाथन आनन्दको बायोपिक फिल्मको अफर आयो भने के तपाईं प्रमुख भूमिकामा अभिनय गर्न इच्छुक हुनुहुन्छ ?’ भनेर सोधिएको थियो ।

‘के यो कुनै प्रश्न हो ? त्यसो त यो जवाफ दिनका लागि सबैभन्दा सजिलो प्रश्नमध्ये एक हो’, आमिरले भनेका छन्, ‘विशी(आमिरले विश्वनाथनलाई बोलाउने नाम) को भूमिका निभाउनु न केवल सम्मान र खुशीको कुरा मात्र होइन, उनको दिमागलाई उतार्नु पनि आफैंमा रोमाञ्चक हुनेछ । जब म कुनै भूमिका निभाउछु, त्यो व्यक्तिको दिमाग बुझ्ने कोशिस गर्छु । विशी एक वास्तविक व्यक्ति भएको नाताले म उनको दिमागलाई बुझ्न र उसको दिमागले कसरी काम गर्छ भन्ने थाहा पाउन ऊसँग धेरै समय बिताउन चाहन्छु ।’

उनले विशीको श्रीमति र परिवारसँग उसको दिमागले कसरी काम गर्छ भन्ने विषयमा कुराकानी गर्ने पनि खुलाए । ‘जब म पर्दामा विशीको भूमिका निभाउनेछु, म उसलाई सरप्राइज दिनेछु । तर यो काम साँच्चै भयो भने म निकै खुशी हुनेछु’, आमिरले भनेका छन् ।

आमिरको कुरा सुनिरहेका विश्वनाथनले आमिरलाई समस्यामा पार्न नचाहेको भन्दै ठट्टा गरे । ‘म तपाईंसँग प्रतिज्ञा गर्छु कि मेरो भूमिका निभाउनका लागि तपाईंलाई तौल बढाउनुहोस् भन्दिनँ’, उनले यसो भनिरहँदा आमिर हाँसेका थिए ।

आमिर हालका दिनमा आफ्नो फिल्म ‘लाल सिंह चड्डा’को सुटिङ पुरा गर्ने तयारीमा जुटेका छन् । फिल्ममा करीना कपूर खानको पनि अभिनय छ । अद्वैत चन्दन निर्देशित फिल्म हलिउडको सुपरहिट फिल्म ‘फरेष्ट गम्प’को रिमेक हो ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  १२ : ५० बजे

बिहीबारदेखि शनिबारसम्म बागमती, मधेश र कोशी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ- बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण आगामी बिहीबारदेखि

मनास्लु क्षेत्रमा करु काट्ने सिजन सुरु

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सचेत रहन आग्रह

किमाथाङ्का, (सङ्खुवासभा)- सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले

कास्की प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा १८ जना पक्राउ

पोखरा- जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरू

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि