निशालाई आर्थिक सहयोग गर्ने दाता बढ्दै | Khabarhub Khabarhub

निशालाई आर्थिक सहयोग गर्ने दाता बढ्दै


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेलाई सहयोग गर्ने दाताहरुको संख्या दिनानुदिन बढिरहेको छ । दाताहरु निशाको भैसेपाटीस्थित घरमा पुगेर उनका पिता प्रेम घिमिरेलाई आर्थिक सहयोग गरिरहेका छन् ।

उनलाई चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषबाट ५१ हजार प्रदान गरिएको छ । बोर्ड अध्यक्ष दयाराम दाहालका अनुसार निशालाई यसअघि पनि बोर्डबाट सहयोग भएको थियो ।

त्यस्तै अभिनेत्री करिश्मा मानन्धरबाट २५ हजार, अभिनेत्री रेजिना उप्रेतीबाट १० हजार, अमेरिकामा रहेकी अभिनेत्री उषा पौडेलबाट २२ हजार, प्रकाश थापाबाट १० हजार, नेपाल म्युजिक भिडियो कलाकार संघबाट २० हजार सहयोग भएको छ ।

यसैगरी गायक शिव परियार १० हजार र अभिनेत्री आँचल शर्मा एक लाख रुपैंयाँ सहयोग गरेकी छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले पनि निशाको उपचारार्थ ५१ हजार रुपैंयाँ सहयोग गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष रमेश बिजी र निवर्तमान अध्यक्ष बद्री पंगेनीसहितको टोली अस्पताल पुगेर निशालाई आर्थिक सहयोग गरेको हो ।

निशाका पिता प्रेमले छोरीको उपचारमा हालसम्म ३० लाख बढी खर्च भइसकेको जानकारी दिए ।

तीन वर्षअघि मोडलिङ पढ्न भारतको देहरादुन पुगेको डेढ महिनामा नै निशा सडक दुर्घटनामा परेकी थिइन् । दुर्घटनामा टाउकोमा गम्भीर चोट देहरादुनमा प्राथमिक उपचार गरेर उनलाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको थियो ।

निशाको स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीले घरबाट उद्धार गरी नर्भिकमै निःशुल्क उपचार गराइरहेकी छन् ।

तीजको गीतको भिडियोबाट मोडलिङ यात्रा सुरु गरेकी निशाले तीन दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरेकी थिइन् । उनले फिल्म ‘मधेशीपुत्र २’, टेलीफिल्म ‘डियर जिन्दगी’मा पनि अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  २ : ३० बजे

भक्तपुरको झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

भक्तपुर– चाँगुनारायण नगरपालिकाले झौखेलमा सञ्चालित पाँच वटा खानेपानी उद्योगमाथि प्रतिबन्ध

राष्ट्रपति पौडेलद्वारा गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख

कम्बोडिया–थाइल्याण्ड द्वन्द्व तेस्रो दिन पनि जारी, मृतकको सङ्ख्या बढ्दै

काठमाडौं– थाइल्याण्ड र कम्बोडियाबीच गत बिहीबार शुरु भएको तनाव तेस्रो

रोटरीद्वारा एकै दिन ५० हजार वृक्षारोपण

झापा– रोटरी इन्टरनेसनलको ‘डिस्ट्रिक ३२९२’ले आज देशभर ५० हजार विरुवा

म्याग्दीको हिस्तान औलामा ‘एक घर, एक धारा’ सुविधा

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा ‘एक घर, एक धारा’सहितको