पूर्व पतिसँग नजिकिँदै एञ्जेलिना « Khabarhub

पूर्व पतिसँग नजिकिँदै एञ्जेलिना


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(बलिउड लाइफ)– हलिउड अभिनेत्री एञ्जेलिना जोली र अभिनेता ब्राड पिटबीच कैयौं वर्षदेखि सन्तानको हेरविचार कसले गर्ने भन्ने विषयमा विवाद चलिरहेको छ । केही साता अघि अदालतले ‘वन्स अपन ए टाइम इन हलिउड’ अभिनेताको पक्षमा फैसला गरेको थियो र दुवैलाई ६ सन्तानको ५०–५० प्रतिशतको अधिकार दिएको थियो ।

जोलीले सन् २०१६ मा ब्राडसँग सम्बन्धविच्छेदका लागि निवेदन दिएकी थिइन् । त्यही समयदेखि बच्चाको हेरविचारका लागि कानूनी लडाइँ लडिरहेका छन् ।

यसैबीच एन्जेलिना आफ्नो पूर्व पति जोनी ली मिलरको घरबाहिर हालैको दिन देखिइन् । जोनीको घर अगाडि उनलाई देखिएपछि अनेक अड्कलबाजी सुरु भएको छ । कतिपयले उनीहरु पुनः विवाह गर्ने योजनामा रहेको दाबीसमेत गरेका छन् ।

एञ्जेलिना वर्षौदेखि पूर्व पतिलाई साथी बनाइरहेकी छन् । दुवै सन् १९९५ को फिल्म ‘हेकर्स’को सेटमा भेट भएका थिए र सन् १९९६ मा विवाह गरे ।

तर उनीहरुको विवाह लामो समयसम्म टिकेन । सन् १९९७ मा अलग्गिएपछि दुवैले करिब दुई वर्षपछि सम्बन्धविच्छेदका लागि निवेदन दिए ।

एञ्जेलिनालाई हालै न्यूयोर्कमा जोनीको ब्रुकलिन अपार्टमेन्टबाट बाहिर निस्कदै गरेको देखिएको थियो । जोलीले गत जून ४ मा न्यूयोर्कमा सात सन्तानका साथ ४६ औं जन्मदिन मनाएकी थिइन् ।

केही समय अघि एञ्जेलिनाले एक अन्तरवार्तामा जोनीसँग सम्बन्धविच्छेद गर्नु आफ्नो ठूलो गल्ती भएको बताएकी थिइन् । ‘जोनी र मैले कहिल्यै झगडा गरेनौं र हामीले कहिल्यै एकअर्कालाई चोट पुर्याएनौं । म वास्तवमै उसको पत्नी बनिरहन चाहन्थें । म साँच्चै ऊसँग बस्न चाहन्छु’,जोलीले भनेकी थिइन् ।

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ४ : ४५ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको