कोरोना माहामारी नियन्त्रणका लागि भारतलाई सहयोग गर्ने अमेरिकाको प्रतिबद्धता « Khabarhub

कोरोना माहामारी नियन्त्रणका लागि भारतलाई सहयोग गर्ने अमेरिकाको प्रतिबद्धता


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले कोरोना भाइरस माहामारी नियन्त्रणका लागि भारतलाई सहयोग गर्ने बताएकी छन् ।

भारतमा कोरोना संक्रमण तीब्र रहेकाले त्यसलाई नियन्त्रण गर्न अमेरिकी सहयोग जारी रहने उपराष्ट्रपति ह्यारिसले बताएकी छन् । भारतमा कोरोना भाइरस संक्रमणमा ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जलि व्यक्त गर्दै  उनले अमेरिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।

भारतमा कोरोना भाइरसको दोस्रो लहरको समयमा भारतलाई सहयोग गर्नेबारे अमेरिकी विदेश मन्त्रालयद्धारा आयोजित छलफलमा उपराष्ट्रपति ह्यारिसले यस्तो बताएकी हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले भारतलाई पर्याप्त सहयोग गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला उपराष्ट्रपति ह्यारिसले सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन् ।

कोभिड-१९ विरुद्ध खोपको बौद्धिक सम्पति अधिकार अनुमतिको विषयमा भारतलाई अमेरिकाले समर्थन गर्दै भारत तथा अन्य मुलुकहरुमा  खोप अभियान तीब्र बनाउन चाहेको ह्यारिसले बताइन् ।

स्रोत- निकी एसिया

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ९ : १० बजे

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको

एमसीसी खारेजमा अडिग छु, शंका नगनू : हर्क साम्पाङ

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ)ले

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार