कोरोना माहामारी नियन्त्रणका लागि भारतलाई सहयोग गर्ने अमेरिकाको प्रतिबद्धता | Khabarhub Khabarhub

कोरोना माहामारी नियन्त्रणका लागि भारतलाई सहयोग गर्ने अमेरिकाको प्रतिबद्धता


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले कोरोना भाइरस माहामारी नियन्त्रणका लागि भारतलाई सहयोग गर्ने बताएकी छन् ।

भारतमा कोरोना संक्रमण तीब्र रहेकाले त्यसलाई नियन्त्रण गर्न अमेरिकी सहयोग जारी रहने उपराष्ट्रपति ह्यारिसले बताएकी छन् । भारतमा कोरोना भाइरस संक्रमणमा ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जलि व्यक्त गर्दै  उनले अमेरिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।

भारतमा कोरोना भाइरसको दोस्रो लहरको समयमा भारतलाई सहयोग गर्नेबारे अमेरिकी विदेश मन्त्रालयद्धारा आयोजित छलफलमा उपराष्ट्रपति ह्यारिसले यस्तो बताएकी हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले भारतलाई पर्याप्त सहयोग गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला उपराष्ट्रपति ह्यारिसले सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन् ।

कोभिड-१९ विरुद्ध खोपको बौद्धिक सम्पति अधिकार अनुमतिको विषयमा भारतलाई अमेरिकाले समर्थन गर्दै भारत तथा अन्य मुलुकहरुमा  खोप अभियान तीब्र बनाउन चाहेको ह्यारिसले बताइन् ।

स्रोत- निकी एसिया

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ९ : १० बजे

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज