वृहत बाम एकताका लागि नेपाल निवासमा छलफल « Khabarhub

वृहत बाम एकताका लागि नेपाल निवासमा छलफल


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा एमालेका नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

दुवै नेता कोटेश्वरस्थित नेपाल निवास एकै समयमा पुगेको प्रचण्डको सचिवालयले जनाएको छ । भेटवार्तामा वृहत बाम एकताका विषयमा छलफल हुने बुझिएको छ । छलफलमा नेता धर्मेन्द्र बास्तोला पनि सहभागी छन् ।

नेताहरूबीच झण्डै १ घण्टा छलफल भएको थियो । बिहान १० बजे नेता नेपालको निवास प्रवेश गरेका प्रचण्ड एक घण्टा त्यहाँ बसेका थिए । उनीहरुका बीचमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ ।

दुई नेताको भेटअघि नेक्रविक्रम चन्द ‘विप्लव’,माधव नेपाल र प्रचण्डबीच समेत कुराकानी भएको थियो । विप्लवले ३० मिनेटजति दुई नेताहरुसँग छलफल गरेका थिए ।

तरल राजनीतिक अवस्थामा भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ।

ओली सरकारको बर्हिगमनपछि विप्लवले पहिलो पटक बुधबार प्रचण्डसँग खुमलटार पुगेर भेटेका थिए। भेटमा सबै माओवादी घटकबीच एकीकरण हुनुपर्ने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

एमालेमा विद्रोह गरिरहेका माधव नेपालहरुले पनि वृहत कम्युनिष्ट पार्टी बनाउने भन्दै आएका छन्। तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बनेको नेकपामा माधव र प्रचण्ड मिलेर ओलीसँग संघर्ष गरेका थिए।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ११ : ५० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना