संसद बैठक र आगामी रणनीतिबारे सत्तारुढ गठबन्धनमा छलफल « Khabarhub

संसद बैठक र आगामी रणनीतिबारे सत्तारुढ गठबन्धनमा छलफल


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ गठबन्धनको बैठकमा सरकारको काम र आगामी ३ गतेका लागि बोलाइएको संसद बैठकको विषयमा छलफल भएको छ ।

सरकार गठन भएपछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा समसामयिक विषयमा कुराकानी भए पनि ठोस कुनै निर्णय नभएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

उनले भने,‘संसद बैठक आह्वान भइसकेको अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा सैद्धान्तिक छलफल भयो ।’

जसपा अध्यक्ष उपेन्द्र यादवले समेत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए । उनले भने,‘अब कसरी जाने, कसरी गठबन्धनलाई बलियो बनाउने भन्ने  लगायतका विषयमा सामान्य छलफल भयो । कुनै निर्णय भएको छैन ।’

बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी भएका थिएनन् ।

बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी भएका थिए ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ६ : २८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना