पहिले आनाकानी गर्नेहरु अहिले खोप लगाउन आतुर ! « Khabarhub

पहिले आनाकानी गर्नेहरु अहिले खोप लगाउन आतुर !



नवलपुर– सरकारले कोरोना भाइरस विरुद्धको खोप अभियान चलाइरहँदा पूर्वी नवलपरासीमा विहीबारदेखि खोप लगाउन शुरु गरिएको छ ।

पहिलो चरणमा ६५ वर्षभन्दा माथिको उमेर समूहलाई खोप लगाइएको थियो । देशैभर ५५ वर्षभन्दा माथिको उमेर समूहलाई खोप लगाउन शुरु गरिएपछि नवलपुरबासी खोप लगाउने भीड लागेको छ ।

स्वास्थ्यकर्मी लगायत अग्रमोर्चामा काम गर्ने कर्मचारी, प्रहरी, पत्रकारहरुलाई खोप लगाउन आह्वान गर्दा आनाकानी गरेकाहरु पनि अहिले खोप लगाउन आतुर देखिएको स्वास्थ्य कार्यालय नवलपरासीपूर्वका प्रमुख केशव चापागाइँले बताए ।

‘पहिलो पटक भारतबाट आएको परीक्षणका लागि आएको भन्दै पत्रकार लगायत वौद्धिक समुदायले नै भ्याक्सिन लगाउन आनाकानी गरेका थिए’, चापागाईँले भने, –‘अहिले ठूलो संख्यामा खोप लगाउनका लागि सिफारिस हुने गरेको छ ।’

नवलपरासीपूर्व गैंडाकोट नगरपालिकाले विहीबारदेखि नै खोप लगाउन शुरु गरेको छ भने अन्य पालिकामा शुक्रबार र शनिवार खोप लगाइँदैछ । भेरोसेलको पहिलो खोप लगाएकाहरुलाई पनि दोस्रो डोज लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

हरेक पालिकाका स्वास्थ्य चौकीहरुमा खोप लगाउने ब्यवस्था मिलाइएको छ ।

५५ वर्ष भन्दामाथिका उमेर समूहका साथै शिक्षक, कर्मचारी, अत्यावश्यक सेवाका पहिले छुटेका ब्यक्ति, वैदेशिक रोजजारीमा जान तयारीमा रहेका, सार्वजनिक यातायातका चालक, सहचालकहरुलाई पनि मा कार्यरत चालक तथा सह चालकलाई खोप लगाईदैँछ ।

गैँडाकोट नगर अस्पताल, अमरापुरी स्वास्थ्य चौकी, गैँडाकोट स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्रहरुमा खोप केन्द्र तोकिएको गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिए ।

यस्तै, देवचुली नगरपालिकाले चार वटा खोप केन्द्र तोकेको छ । देवचुलीको दुम्कौली अस्पताल केउरेनी, प्रगतिनगर स्वास्थ्य चौकी धारापानी, रजहर स्वास्थ्य चौकी फारम र देवचुली स्वास्थ्य चौकी रामवासमा शुक्रबार र शनिवार लक्षित समूहलाई परिचय पत्र वा कुनै प्रमाणपत्रको लिएर खोप लगाइने देवचुली नगरपालिकाले जनाएको छ ।

उता, जिल्ला सदरमुकाम रहेको कावासोती नगरपालिकाले जिल्ला अस्पतालका साथै विभिन्न स्वास्थ्य चौकीहरुमा खोप केन्द्र तोकेको छ । कावासोती नगरपालिकालाई यस पटक ४ हजार १ सय २० डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालय कावासोतीले जनाएको छ ।

अन्य पालिकाहरुले पनि विभिन्न स्वास्थ्य चौकीहरुमा खोप केन्द्र तोकेको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ८ : १० बजे

इरानसँगको वार्ताप्रति ट्रम्प असन्तुष्ट, सम्झौता नभए पुनः सैन्य आक्रमण गर्ने चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका सर्तप्रति

वैभवको छक्का वर्षा : हैदरावादलाई हराउँदै राजस्थान आईपीएलको दोस्रो क्वालिफायरमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई ४७

बकर इद मनाइँदै : आज सार्वजनिक बिदा

काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – २०८३ साल १३ गते बिहीबार अधिक जेठ शुक्ल