अफगानिस्तान संकट : नाटो र अमेरिकाकै आश ! | Khabarhub Khabarhub

अफगानिस्तान संकट : नाटो र अमेरिकाकै आश !


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तालिवानले अफगानिस्तानको राजधानी काबुलभन्दा ८० किलोमिटर टाढा लोगा प्रान्तको राजधानी पुल ए आलम नियन्त्रणमा लिइसकेको छ । तालिवालने एकपछि अर्को भूभाग कब्जा गर्दै गएपछि २ लाख ५० हजार मानिस घर छाड्न बाध्य भएका छन् । यो क्रम अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

शुक्रबार एकैदिन अफगानिस्तानका ६ वटा शहर तालिवानको कब्जामा परे, ३४ मध्ये १८ प्रान्तका राजधानी तालिवानको कब्जामा छन् । पछिल्लो समय तालिवानको भविष्यसमेत अन्योलमा रहेको जनाइएको छ ।

अब काबुल कब्जामा लिन करिब ३० दिन लाग्ने अनुमान गरिएको छ । हजारौँ मानिस सुरक्षित स्थानको खोजीमा छन् । सबै मानिस आफूलाई सुरक्षित राख्ने प्रयासमा छन् ।

पुल ए आलम कब्जाको सफलतापछि तालिवानले काबुलबाट ४० किलोमिटर टाढा माइदन सार पनि कब्जामा लिने प्रयास गरेको थियो तर असफल भएको थियो ।

तालिवानको यो आक्रमणसँगै धेरै देशले आफ्ना नागरिक जोगाउने कुरामा ध्यान केन्द्रित गरेका छन् । क्यानडाले अधिकारकर्मी, सञ्चारकर्मी र महिला नेतृ समेत गरी २० हजार जनालाई पुनर्स्थापित गर्ने योजना बनाएको छ ।

अमेरिका, बेलायत र नाटोले २० वर्ष प्रशिक्षित गराएको अफगान सैन्य शक्ति कसरी यति कमजोर भयो भन्ने प्रश्न उठ्नु पनि स्वाभाविक हो । अफगान सेनामा साढे तीन लाख सैनिक रहेको तथ्यांक छ । यो तथ्यांक कागजीमात्र हुन सक्ने अनुमान पनि छ ।

क्यानडाका अध्यागमन मन्त्री मार्को मेन्डेसिनोले पत्रकार सम्मेलन आयोजना गर्दै यस कुराको जानकारी दिएका हुन् । उनको कुरामा सहमति जनाउँदै विदेशमन्त्री मार्क क्यानोईले काबुलमा रहेका राजदूतावासको कर्मचारीको सुरक्षा पहिलो जिम्मेवारी भएको बताएका छन् ।

यसैबीच अफगान राष्ट्रपति अस्राफ घानीले स्थानीय नेतृत्वसँग कुरा गर्दा सैन्य बल तत्काल चलायमान बनाउन अति आवश्यक रहेको जनाएका छन् ।

यो विकसित घटनाक्रमसँगै तालिवानले अफगानिस्तानमा कसरी यति छिटो यति धेरै भूभाग कब्जामा लियो भन्ने बारेमा धेरैको चासो रहेको छ । अमेरिका, बेलायत र नाटोले २० वर्ष प्रशिक्षित गराएको अफगान सैन्य शक्ति कसरी यति कमजोर भयो भन्ने प्रश्न उठ्नु पनि स्वाभाविक हो । अफगान सेनामा साढे तीन लाख सैनिक रहेको तथ्यांक छ । यो तथ्यांक कागजीमात्र हुन सक्ने अनुमान पनि छ ।

यसका बाबजुद अफगान सेना र प्रहरीभित्रको भ्रष्टाचारको कारण त्यहाँको संरचना नै क्षतविक्षत भइसकेको भन्ने आरोप लाग्दै आएको थियो । यो आरोप अहिले पुष्टि भएको पनि धेरैको मत छ ।

यसै साताको सुरुवातमा लिक भएको अमेरिकी गुप्तचरको रिपोर्टमा काबुलमा तत्काल आक्रमण हुने र ९० दिनभित्रमा त्यहाँको सरकार विघटन हुनसक्ने उल्लेख गरिएको थियो ।

त्यसो त अफगान सेनाको तलब र सेवा सुविधामा व्यापक असन्तुष्टि थियो । यस कारण त्यहाँ भ्रष्टाचार बढ्दै गएको थियो । अमेरिकी कंग्रेसमै स्पेसल इन्स्पेक्टर जनरल फर अफगानिस्तान (सिगार) ले भ्रष्टाचार मुख्य समस्या रहेको र गलत तथ्यांकसमेत रहेकाले अफगान सेनाको वास्तविक शक्ति अनुमान गर्न कठिन रहेको कुरा बताएका थिए ।

जसरी अफगान सेनामा रहेका कमजोरी गणना गर्न कठिन छ, तालिवानको शक्ति आकलन गर्न पनि त्यत्तिकै कठिन छ । वेस्ट प्वाइन्टमा रहेको युएस कम्बेटिङ टेररिजम सेन्टरका अनुसार तालिवानसँग ६० हजार लडाकु छन् ।

रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटमा आबद्ध ज्याक वाटलिङ अफगान सेनालाई आफ्नो वास्तविक संख्या समेत थाहा नभएको जनाउँछन् । अफगान सेनामा थप समस्या पनि छन् । उनीहरू आफ्नो हतियार दुरुस्त राख्ने पनि गर्दैनन् । धेरै सैनिकलाई परिवारसँग सम्पर्क हुन नसक्ने स्थानमा पठाउने गरिएको छ । यसकारण धेरै जना काम छाडेर जाने गरेका छन् ।

जसरी अफगान सेनामा रहेका कमजोरी गणना गर्न कठिन छ, तालिवानको शक्ति आकलन गर्न पनि त्यत्तिकै कठिन छ । वेस्ट प्वाइन्टमा रहेको युएस कम्बेटिङ टेररिजम सेन्टरका अनुसार तालिवानसँग ६० हजार लडाकु छन् । मिलिसिया समूह र समर्थकको जत्था समेत जोड्दा कुल दुई लाखको हाराहारीमा रहेको अनुमान छ ।

बेलायती पूर्व सैनिक तथा विश्लेषक डा. माइक मार्टिनका अनुसार त्यहाँ स्वतन्त्र रहेका थुप्रै जत्थालाई एकत्रित गरेर तालिवानअघि बढेको छ ।

सेनाको संख्या जे भए पनि हतियार जुटाउने कुरा तालिवानका लागि भन्दा धेरै सहज थियो । अफगानिस्तानले आफ्नो सेनाको तलब, सुविधा र हतियारका लागि अर्बौँ रुपैयाँ सहयोग पाइसकेको छ । सिगारको २०२१ जुलाईको रिपोर्ट अनुसार अमेरिकाले अफगानिस्तानको सुरक्षाका लागि ८८ बिलियन अमेरिकी डलर खर्च गरिसकेको छ । अहिले जे भइरहेको छ, त्यसले त्यो रकमको उपयोग कसरी भएको थियो भन्ने प्रश्न उठ्न थालेको छ ।

अफगान हवाई सेना युद्धको समयमा समस्यामा देखिएको छ । आफ्नो एयर क्राफ्ट निर्माण गर्न लगायत कुरामा अफगान सेना संघर्ष गरिरहेको छ । मैदानमा रहेको कमान्डरको माग पूरा गर्नसमेत सेना असमर्थ छ ।

लाक्सार गामा अमेरिकी हवाई सेनाकै संलग्नता रहेको छ । अफगान सेना कमजोर रहेपछि अमेरिकी सेनाको आडमा कति समय टिक्ने भन्ने प्रश्न यसअघि नै उठेको थियो ।

तालिवानले लागु औषध कारोबारीसँग कर असुल्ने गरेको थियो । पाकिस्तान लगायत बाह्य सहयोग पनि तालिवानमा रहेको जनाइन्छ । एकपछि अर्को गर्दै सेनाको हतियार खोस्न पनि अहिले तालिवानले सफलता पाएको छ ।

अप्ठेरो प्राकृतिक अवस्थाका बाबजुद पछिल्लो समय तालिवान आफ्नो योजनामा प्रस्ट देखिएको छ । यसमा उसले सफलता पनि पाइरहेको छ । तालिवान युद्ध र यो सबै घटना अध्ययन गरिरहेका बेलायती सेनाका पूर्व ब्रिगेडर बेन बेरीले परम्परागत प्रभाव क्षेत्र दक्षिणी भूभागभन्दा बढी उत्तर र पश्चिमका प्रान्तमा केन्द्रित हुनुले आफूलाई आश्चर्यमा पारेको प्रतिक्रिया दिएका छन् ।

तालिवानले शुरूमा महत्वपूर्ण सीमा क्षेत्र कब्जामा लिएको थियो । चेक प्वाइन्ट समेत कब्जामा लिएर उनीहरूले सरकारलाई अप्ठेरोमा पारेका छन् । उनीहरूले पछिल्लो समय सञ्चारकर्मी, मानवअधिकारवादी तथा उच्च पदस्थ अधिकारीको हत्याको योजना बनाएका छन् । यो क्रम विगत २० वर्षदेखि चलेको भए पनि अहिले व्यापकता पाएको छ ।

जहाँसम्म सरकारको रणनीति छ, यो व्याख्या गर्न नै कठिन छ । अफगानिस्तानको सैन्य शक्ति नियालिरहेका धेरै विज्ञहरूको मत के छ भने संख्यामा त्यहाँ जति धेरै सैनिक देखिए पनि विशेष र भरपर्दोको संख्या एकदमै कम छ । करिब १० हजार जनामात्र विशेष शक्ति रहेको अनुमान हुन थालेको छ ।

सैन्यविद बेरीका अनुसार अहिले सर्वत्र अफगान सरकार रक्षात्मक मनस्थितिमा देखिएको छ भने तालिवान विजयी मुद्रामा अघि बढिरहेको छ ।

अहिले यो अवस्थामा अफगानी सेना जति कमजोर देखिए पनि समस्याको समाधान राजनीतिक रूपमा हुन सक्ने धेरैको मत छ । तत्कालका लागि युद्धविरामको सम्भावना पनि रहेको त्यहाँको राजनीति र युद्धको विषयमा ध्यान दिएर बसेका ज्याक वाटलिङ बताउँछन् ।

अफगानिस्तान जोगाउने भूमिका नाटो र अमेरिकाकै रहेको मत पनि धेरैको छ ।

–एजेन्सीहरूको सहयोगमा

 

 

 

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ८ : १० बजे

राष्ट्रिय खुला टेनिस प्रतियोगिता आगामी कात्तिक ५ देखि

काठमाडौं– वीर गणेशमान सिंह फाउण्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स

नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ

जग्गा/आवास विकाससँग सम्बन्धित व्यवस्था पुनरावलोकनका लागि कार्यदल गठन

काठमाडौं– शहरी विकास मन्त्रालयले जग्गा आवास विकासमा देखिएका समस्या समाधानका

अमेरिकामा मिल्टन आँधीको असर

काठमाडौं– केही दिनअघि हेलेन आँधीले वितण्डा मच्चाएको अमेरिकामा अहिले मिल्टन

पाकिस्तानमा प्रदुषणका कारण भाइरसजन्य रोग बढ्यो

एजेन्सी– खराव धुवाँ अपर्याप्त सरसफाई, अस्वच्छ अवस्था र फोहोर व्यवस्थापन