‘बाह्रखरी कथा प्रतियोगिता’ का लागि कथा आह्वान « Khabarhub

‘बाह्रखरी कथा प्रतियोगिता’ का लागि कथा आह्वान


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाह्रखरी बुक्सले बाह्रखरी कथा प्रतियोगिताको तेस्रो संस्करण (२०७८) का लागि कथा आह्वान गरेको छ । कथा आगामी भदौ ३१ गतेसम्ममा पठाइसक्नुपर्नेछ ।

प्रतियोगितामा प्राप्त भएका कथाहरूबाट आन्तरिक निर्णायक मण्डलले ५० वटा कथा छान्नेछ । यसरी छानिएका मध्ये अन्तिम निर्णायक समूहले २५ वटा उत्कृष्ट कथा छनोट गरेर यिनै मध्येबाट पहिलो, दोस्रो र तेस्रो उत्कृष्ट कथा पनि घोषणा गर्नेछ ।

पहिलो हुने कथाले एक लाख रुपैँया, दोस्रो हुनेले ६० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट ठहरिएका अन्य कथाका लेखकले सम्मानस्वरूप ५ हजार रुपैयाँ पाउनेछन् ।

प्रख्यात आख्यानकार नारायण ढकाल तीन सदस्यीय निर्णायक समूहको प्रमुख रहेका छन् । अन्य दुई सदस्यमा कथाकार विवश पोखरेल र समालोचक कुमारी लामा छन् ।

कथा प्रतियोगिताको नतिजा आगामी मंसिर ३ गते एक विशेष कार्यक्रममा सार्वजनिक गरिने भएको छ । उत्कृष्ट २५ वटा कथा बाह्रखरी बुक्सले पुस्तकका रूपमा प्रकाशन गर्नेछ ।

बाह्रखरी बुक्सले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर यससम्बन्धी जानकारी दिएको हो । पहिलो संस्करणमा पनि पुस्तक प्रकाशन भएको थियो । दास्रोे संस्करण भने डिजिटल स्वरूमा प्रकाशित गरिएको थियो ।

‘बाह्रखरी कथा’ नेपालमा सबैभन्दा ठूलो पुरस्कार राशि भएको बृहत् सहभागिताको प्रतियोगिता हो ।

पत्रकार सम्मेलनमा निर्णायक समूहका प्रमुख ढकालले अमेरिकाको ‘राइटर डाइजेस्ट’ ले आयोजना गर्ने विश्वव्यापी कथा प्रतियोगिताको दृष्टान्त दिँदै बाह्रखरी कथा प्रतियोगिताको सराहना गरे ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ५ : १४ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४