‘बाह्रखरी कथा प्रतियोगिता’ का लागि कथा आह्वान « Khabarhub

‘बाह्रखरी कथा प्रतियोगिता’ का लागि कथा आह्वान


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाह्रखरी बुक्सले बाह्रखरी कथा प्रतियोगिताको तेस्रो संस्करण (२०७८) का लागि कथा आह्वान गरेको छ । कथा आगामी भदौ ३१ गतेसम्ममा पठाइसक्नुपर्नेछ ।

प्रतियोगितामा प्राप्त भएका कथाहरूबाट आन्तरिक निर्णायक मण्डलले ५० वटा कथा छान्नेछ । यसरी छानिएका मध्ये अन्तिम निर्णायक समूहले २५ वटा उत्कृष्ट कथा छनोट गरेर यिनै मध्येबाट पहिलो, दोस्रो र तेस्रो उत्कृष्ट कथा पनि घोषणा गर्नेछ ।

पहिलो हुने कथाले एक लाख रुपैँया, दोस्रो हुनेले ६० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट ठहरिएका अन्य कथाका लेखकले सम्मानस्वरूप ५ हजार रुपैयाँ पाउनेछन् ।

प्रख्यात आख्यानकार नारायण ढकाल तीन सदस्यीय निर्णायक समूहको प्रमुख रहेका छन् । अन्य दुई सदस्यमा कथाकार विवश पोखरेल र समालोचक कुमारी लामा छन् ।

कथा प्रतियोगिताको नतिजा आगामी मंसिर ३ गते एक विशेष कार्यक्रममा सार्वजनिक गरिने भएको छ । उत्कृष्ट २५ वटा कथा बाह्रखरी बुक्सले पुस्तकका रूपमा प्रकाशन गर्नेछ ।

बाह्रखरी बुक्सले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर यससम्बन्धी जानकारी दिएको हो । पहिलो संस्करणमा पनि पुस्तक प्रकाशन भएको थियो । दास्रोे संस्करण भने डिजिटल स्वरूमा प्रकाशित गरिएको थियो ।

‘बाह्रखरी कथा’ नेपालमा सबैभन्दा ठूलो पुरस्कार राशि भएको बृहत् सहभागिताको प्रतियोगिता हो ।

पत्रकार सम्मेलनमा निर्णायक समूहका प्रमुख ढकालले अमेरिकाको ‘राइटर डाइजेस्ट’ ले आयोजना गर्ने विश्वव्यापी कथा प्रतियोगिताको दृष्टान्त दिँदै बाह्रखरी कथा प्रतियोगिताको सराहना गरे ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ५ : १४ बजे

दुर्गा प्रसाईंलाई विमानस्थलबाट समातेर ठिमी लगिँदै

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा

रुसका इन्धन संरचनामाथिको आक्रमण रोक्न ट्रम्पको आग्रह

कीएभ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका तेल प्रशोधन केन्द्र

आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने कांग्रेस इतरको निर्णय

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा