एमालेको अवरोधले कार्यसूचीमै प्रवेश नगरी राष्ट्रियसभा बैठक स्थगित « Khabarhub

एमालेको अवरोधले कार्यसूचीमै प्रवेश नगरी राष्ट्रियसभा बैठक स्थगित


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर लगातार सदन अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार पनि राष्ट्रियसभाको बैठक अवरोध गरेको छ । एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।

एमालेकी सांसद भगवती न्यौपानले आफूहरुको अवरोध जारी रहने बताएपछि अध्यक्ष गणेश तिम्सिनाले कार्ययूसीमा रहेका दुईवटा बुँदा हटाएर शोक प्रस्तावमात्र पेश गरेका थिए । बुधबार राष्ट्रिय सभामा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘अध्यागमन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने पहिलो कार्यसूची थियो ।

दोस्रो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक र सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने थियो  ।

यी दुबै कार्यसूची हटाएर अध्यक्ष तिम्सिनाले शोक प्रस्तावमात्र अगाडि बढाएका थिए । पूर्व सांसद मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित भएपछि बैठक स्थगित गरियो ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ११ : ५८ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी