एनभीए महिला तथा पुरुष क्लब भलिबल असोज १० देखि हुने | Khabarhub Khabarhub

एनभीए महिला तथा पुरुष क्लब भलिबल असोज १० देखि हुने


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन हुने भएको छ ।

नेपाल भलिबल संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन हुने जनाएको हो ।

राखेपको कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहने संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिए ।

प्रतियोगिताको प्रथम हुने टिमले ४ लाख, दोस्रो हुने टिमले २ लाख र तेस्रो हुने टिमले १ लाख पुरस्कार पाउनेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट पुुरुष/महिला खेलाडीले जनही २५/२५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

दुबै विधाका उत्कृष्ट सर्भर, लिबेरो, ब्लकर, स्पाइकर, सेटर र प्रशिक्षकले जनही १०/१० हजारका दरले पुरस्कार पाउने उनले बताए ।

क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने उनले बताए ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ८ : २९ बजे

प्रधानमन्त्रीको सम्पत्ति सार्वजनिक

काठमाडौं– मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहट– संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान

सिरोहियालाई कांग्रेसको साथ, एकसाथ कान्तिपुर कार्यालय पुगे २० बढी सांसद

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरू कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए

जनकपुरधाम– मधेस प्रदेशमा हालसम्म दुई लाख ५१ हजार एक सय