पोखरामा पूरै खुल्यो लकडाउन, राति साढे १ बजेसम्म क्लब खुल्ने « Khabarhub

पोखरामा पूरै खुल्यो लकडाउन, राति साढे १ बजेसम्म क्लब खुल्ने


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– १ असोजदेखि कास्कीभर लकडाउन पूर्ण रूपमा खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार सबै क्षेत्र अब खुला हुनेछन् ।

दैनिक क्रियाकलाप गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्ने, विश्वविद्यालय, क्याम्पस, विद्यालयलगायत सबै शैक्षिक संस्था र प्रशिक्षण केन्द्रहरू भौतिक उपस्थितिमा संचालन गर्न सकिने निर्णय गरिएको छ । अब होटल तथा रेस्टुरेन्टहरू राति ११ : ३० बजेसम्म खोल्न पाइनेछ भने नाचघर, क्लब, डान्सबार, दोहोरी जस्ता रात्रिकालीन व्यवसायहरू राति १ : ३० बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ ।

पोखरा महानगरले पनि १ गतेदेखि नै नगरभित्रका सबै स्कुल भौतिक उपस्थितिमा खुला गर्न सूचना जारी गरेको छ । नगर शिक्षा समितिको बैठकले महानगरभित्रका सम्पूर्ण विद्यालय, पूर्वप्राथमिक विद्यालय, कोचिङ तथा ट्युसन सेन्टर र भाषा प्रशिक्षण केन्द्र खोल्ने निर्णय गरेको हो । भौतिक रूपमा खुलाउँदा स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्न र विद्यालय संचालन कार्यढाँचा, २०७७ अनुरूप संचालन गर्न पाउनेछन् ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ७ : ०० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार