ससुरा र श्रीमान्‌बाट कुटिएको भन्दै न्यायको खोजीमा सीता « Khabarhub

ससुरा र श्रीमान्‌बाट कुटिएको भन्दै न्यायको खोजीमा सीता


३० भदौ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुई महिनाअघि अदालतबाट अन्तरजातीय विवाह गरेकी सीता पटेल दाइजो नल्याएको निहुँमा श्रीमान् र ससुराबाट कुटिएको भन्दै न्याय खोज्न काठमाडौं आएकी छन् । प्रहरीबाट पनि न्याय नपाएको उनले गुनासो गरेकी छन् ।

श्रीमान उमेश साहगोढ र ससुरा जवाहिर साहगोढले कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएको सीताको आरोप छ । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले भनिन्, ‘ममाथि विवरण ढाँटी नेपाली नागरिकता प्राप्त गरेको भनी झूठा मुद्दा लगाई थुनामासमेत राखेर यातना दिइयो ।’

अदालतबाट माग भएअनुसार धरौटी बुझाई २२ भदौमा थुनामुक्त भएको सुनाउँदै उनले सोही दिन प्रहरीकै मिलेमतोमा कोठाको साँचो नियन्त्रणमा लिई कोठाको सामानसमेत लगेको आरोप लगाइन् । कोठाबाट परिवारले ३२ इन्चको टीभी, कुलर, दराज, एक लाख रुपैयाँ नगदसहित एक थान गहना लगेको उनको भनाइ छ ।

ससुराले चक्कुले प्रहार गरेर गम्भीर अवस्थामा छाडेर गएको उनले सुनाइन् । पर्सा प्रहरीले पनि जाहेरी नलिएको र नेपालबाट भाग्न धम्की दिएको उनको आरोप छ ।

उनले कोठाबाट लगेको सामान तत्काल फिर्ता गर्न माग गरेकी छन् । श्रीमान्‌सँग शान्ति सुरक्षासहित पारिवारिक वातावरणमा बस्न पाउनुपर्ने पटेलको माग छ ।

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  ७ : १५ बजे

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को