एनआरटी र केल्मीबीच चार वर्षको सहकार्य सम्झौता « Khabarhub

एनआरटी र केल्मीबीच चार वर्षको सहकार्य सम्झौता


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिग क्लब न्युरोड टिम एनआरटी र स्पोर्ट्स कीट ब्रान्ड केल्मीबीच चार वर्षको सम्झौता भएको छ । बुधबार क्लबले त्रिपुरेस्वरस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गर्दै आगामी चार वर्षको लागि सहकार्य गरेको हो ।

एनआरटीले कामारु ट्रेडिङ प्रालिको केल्मी ब्राण्डसँग चार वर्षका लागि सम्झौता गरेको हो । सम्झौताअनुसार एनआरटीले आफूले खेल्ने प्रतियोगितामा चारवर्षसम्म केल्मी ब्राण्डको ट्र्याक सुट, होम एन्ड अवे जर्सी, बिब्स र बल प्रयोग गर्नेछ ।

सम्झौतापत्रमा एनआरटीबाट अध्यक्ष सुन्दर जोशी तथा महासचिव नरेन्द्र श्रेष्ठ र केल्मीकातर्फबाट निर्देशक प्रदिप न्यौपाने र उत्तम न्यौपानेले हस्ताक्षर गरेर सम्झौता पत्र आदान प्रदान गरे ।

‘सम्झौता चार वर्ष मात्र होइन ४० वर्षसम्म पुर्याउँछौँ । क्लबसँग आगामी दिनमा समन्वय गरेर अगाडि बढ्नेछौँ’, केल्मीका निर्देशक प्रदिप न्यौपानेले बताए ।

एनआएटीका महासचिव श्रेष्ठले केल्मीसँगको सहकार्यले क्लबलाई लिग खेल्न सहज हुने र यसलाई आगामी यात्राको लागि एउटा खुट्किलो भएको बताए ।

क्लबले सहिद स्मारक ए डिभिजन लिगको उपाधि पाँचपटक जितिसकेको छ । क्लबले यसपटकसमेत उपाधि जित्ने योजना रहेको बताएको छ ।

यस सिजन क्लबमा राष्ट्रिय खेलाडी एरिक बिस्ट, दर्शन गुरुङ, बिक्रम धिमाल, राजेश परियार, विदेशी खेलाडी मेसुके र स्टेफन छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ७ : ३० बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार